🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लमजुङकाे चिया शहरमा बिक्री

लमजुङ, २ माघ । काठमाडौँकोे बसाई छोडी गाउँ फर्केका लमजुङका एक युवाले व्यावसायिक चिया खेती गरेका छन् । 
दोर्दी गाउँपालिका–८ दुवारगाउँका ४४ बर्षीय ओमलाल गुरुङले गाउँमा रू १ करोड २५ लाखको लगानीमा चिया खेती र चिया प्रशोधन केन्द्र स्थापना गरेर चिया उत्पादन गर्न थालेका हुन ।

गाउँमा उत्पादित चिया लमजुङदेखि काठमाडौँसम्म विक्री हुँदै आएको छ । चियाको माग बढेकाले आफूले बेंसीसहरको झिङ्गे खोला नजिकै मासिक रू १५ हजारमा सटर भाडामा लिएर चियाको होलसेल विक्री केन्द्र थापना गरेको उहाँले जानकारी दिए । 

विसं २०६७ मा २० रोपनी क्षेत्रफलमा २० हजार चियाका विरुवा लगाई व्यावसायिक चिया खेती सुरु गर्नुभएका गुरुङले हाल १ सय ५० रोपनीमा चिया खेती गरेका छन । शुरु शुरुमा हातैले चिया प्रशोधन गरेँ । अहिले रू १२ लाख लगानी गरेर चिया प्रशोधन गर्ने उपकरण ल्याएर चिया प्रशोधन गर्न थालेको यसबाट नियमित पाँच जनालले रोजगारी पाएको उनले बताए ।  

सुरुमा इलामबाट चियाको विरुवा ल्याएका गुरुङले चियाको विरुवासमेत उत्पादन गरी विक्री वितरणसमेत गर्दै आएका छन । बजारमा आफ्नो क्रिष्टा टी प्रालिको नामबाट ‘लमजुङ टी’ उपलब्ध हुन थालेको जानकारी दिँदै उहाँले महिनामा कम्तीमा एकसय किलो चिया उत्पादन हुँदै आएको र यसबाट कम्तीमा रू एक लाख आम्दानी हुन्छ भनने । 

गाउँमा चिया खेती सुरु भएपछि यहाँको बजारमा अन्य कम्पनीको चिया खपत हुन रोकिएको र काठमाडौँका साथै अन्य जिल्लामा पनि उक्त चियाको माग बढेको स्थानीयबासीले बताएका छन् । गुरुङले गाउँवाट चियाबारी जाने कच्ची मोटर बाटो निर्माण गर्नाका साथै एकल लगानीमा गाउँमा एक फूटबल खेलमैदान समेत निर्माण गर्नुभएको छ । रासस