🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘कानुनी संरचना र अपर्याप्त लगानीको अभावले पुस्तकालयहरु पूर्ण क्षमतामा सञ्चालान हुन सकेनन्’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले कानुनी संरचना पर्याप्त लगानी र प्रविधिको कमिका कारण पुस्तकालयहरु अझै पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बताएका छन् । 

आइतबार काठमाडौंमा राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार,स्थानीय तह र समुदाय मिलेर पुस्तकालयलाई बलियो कानुनी आधार,बजेट र प्रविधिसहित सक्षम बनाउन आवश्यक रहेको बताए । 

उनले भने,‘पुस्तकालयहरु केवल अध्ययन स्थल मात्र होइनन् ,यी नागरिकको चेतना जगाउने केन्द्र ,सामाजिक संवादका चौतारी र परिवर्तनको उत्प्रेरक शक्ति पनि हुन् । समाजका सबै तहका मानिसहरुको लागि पुस्तकालयले शिक्षा,सिप र आत्मबल प्रदान गर्दै आएको छ । यद्यपी कानुनी संरचना पर्याप्त लगानी र प्रविधिको कमिका कारण अझै पूर्ण क्षमतामा पुगेका छैनन् । अब सरकार,स्थानीय तह र समुदाय सबै मिलेर पुस्तकालयलाई बलियो कानुनी आधार,बजेट र प्रविधिसहित सक्षम बनाउन अतिआवश्यक छ ।’ 

मन्त्री गुरुङले पुस्तकालय केवल किताव राख्ने स्थल मात्र नभई ज्ञानको केन्द्र चेतना जगाउने स्तर र समाजको दिगो विकासको आधार पनि भएको धारणा राखे । आजको डिजिटल युगमा पनि पुस्ताकालयको महत्व कम नभएको बताउँदै उनले यसले डिजिटल पहुँच, इ–पुस्तक,अनुसन्धान सामाग्री र सुरक्षित अध्ययन वातावरण प्रदान गर्दै नागरिकलाई शसक्त बनाएको बताए । 

‘पुस्तकालय केवल किताव राख्ने स्थल मात्र होईन् । यो ज्ञानको केन्द्र चेतना जगाउने स्तर र समाजको दिगो विकासको आधार पनि हो । नेपालको पुस्तकालय इतिहास, जनचेतना, सामाजिक रुपान्तरण र प्रजातान्त्रिक आन्दोलनसँग गहिरो रुपमा गाँसिएको छ । आजको डिजिटल युगमा पनि पुस्ताकालयको महत्व कम भएको छैन । यसले डिजिटल पहुँच,इ–पुस्तक,अनुसन्धान सामाग्री र सुरक्षित अध्ययन वातावरण प्रदान गर्दै नागरिकलाई शसक्त बनाएको छ । 

युवाहरुको लागि पुस्तकालय अनुसन्धान नवप्रवद्र्धन र सिप विकासको प्रमुख स्थल बनेको उनको भनाई छ ।