🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिकी विदेश मन्त्री पोम्पेओ र रक्षा मन्त्री इस्पर भारत भ्रमणमा 

नयाँदिल्ली, ११  कात्तिक (रासस/एएनआई)-संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री माइप पोम्पेओ आफ्नी श्रीमती सुसनका साथ सोमबार भारत आउनु भएको छ । 

\"\"

भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका लागि पोम्पेओ भारतको केन्द्रीय राजधानी नयाँदिल्ली आउनु भएको हो । बैठकमा खासगरी विस्तृत विश्वव्यापी रणनीतिक साझेदारी तथा भारत–प्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धि प्रबर्द्धनका लागि सहयोग बढाउने बारेमा छलफल हुने जनाइएको छ । 

\"\"

छलफलमा भारतीय पक्षबाट विदेश मन्त्री एस जयशंकर र रक्षा मन्त्री राजनाथ सिंह रहनु हुने अधिकारीहरुले जनाएका छन् । अमेरिकी विदेश मन्त्री पोम्पेओ र रक्षा मन्त्री मार्क टी इस्पर समेत २०७७ कात्तिक ११ गते  मंगलबार हुने भारत र अमेरिकाबीचको यो टु प्लस टु  बैठक तेस्रो उच्चस्तरीय बैठक हो ।  

भारत प्रस्थान गर्नु अघि अमेरिकी विदेश मन्त्री पोम्पेओले ट्वीट गर्दै भन्नुभएको थियो, म भारत, श्रीलंका, माल्दिभ्स र इन्डोनेसियाको भ्रमणमा जाँदैछु । स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्रका मुलुकहरुबीच अझ स्वतन्त्र, सुदृढ र समृद्ध मुलुकको निर्माणमा साझा धारणा बनाउनु मेरो भ्रमणको मुख्य उद्देश्य हो ।

भारत र अमेरिकाबीचको वार्तामा क्षेत्रीय सुरक्षा सहयोग, प्रतिरक्षा सूचना आदानप्रदान, सैनिक–सैनिकबीचको अन्तक्र्रिया तथा प्रतिरक्षा व्यापारका बारेमा पनि छलफल हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । 

यसअघि दुई मुलुकबीच सेप्टेम्बर २०१८ मा नयाँदिल्लीमा र सन् २०१९ मा वासिङट्न डिसीमा यस्तै मन्त्रीस्तरीय बैठकहरु भएका थिए ।