🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राप्रपाले खोल्यो भक्तपुरमा खाता

भक्तपुर । राष्टिय प्रजातन्त्र पार्टीले भक्तपुरमा खाता खोलेको छ । चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोटमा राप्रपाले वडाध्यक्षमा जितेको छ । सो वडाबाट राप्रपाका धनबहादुर लामा वडाध्यक्षमा विजयी भएका छन् ।

यो वडामा अन्य सबै सदस्य पनि राप्रपाले जितेको छ । सदस्यमा निर्वाचित हुनेमा वीरमान तामाङ र आरती लामालगायतका छन्  । लामाले एक हजार ४११ मत ल्याए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार विष्णु लामाले एक हजार २०३ मत ल्याए ।

सो वडामा २०७४ को निर्वाचनमा राप्रपाबाट लामा नै उम्मेदवार थिए । तर, उनलालई एमालेका सन्तबहादुर वाइवाले हराएका थिए । सो वडामा नेपाली कांग्रेसले पनि राप्रपालाई सहयोग गरेको थियो । जिल्लामा भक्तपुर, मध्यपुर थिमि, चाँंगुनारायण र सूर्यविनायक गरी चार वटा नगरपालिका छन् ।

भक्तपुर र सूर्यविनायकमा १०/१०  र मध्यपुर थिमि र चाँंगुनारायणमा नौ/नौ गरी यहांँ कुल ३८ वटा वडाहरू छन् । २०७४ सालको निर्वाचनमा राप्रपाले एउटा पनि वडामा जित्न सकेको थिएन ।