🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ठूला मिडिया हाउस बिक्रीमा चढे : सम्पादक पनि व्यापारिक साझेदार 

काठमाडौं । नेपालका ठूला घरानाले संचालन गरिरहेका ‘ठूला मिडिया हाउस’ खरिद–बिक्रीको क्रम बढेको छ । २०७५ असार १ गते शुक्रबार मात्र अनलाइन खबरले हिमालय टेलिभिजन खरिद सम्बन्धि सम्झौता गरेको जानकारी प्राप्त भएको छ । २०७५ साउन १ गतेबाट अनलाइन खबरको ब्यवस्थापन मातहात  संचालनमा आउने तयारी गरिएको बताइएको छ । यद्यपि टेलिभिजनको स्वामित्व पुरै लिएको हो या आंशिक भनेर दुबै पक्षले गोप्य राखेका छन् । तर, साँघु स्रोतको दावी अनुसार भने सो टेलिभिजनको स्वामित्व पुरै भुसाल समूहले लिएको  दावी छ । यो खरिदमा अनलाइन खबरका धर्मराज भुसाल समूह संलग्न रहेको बताइएको छ ।

 यद्यपि यो समूहले इमेज टेलिभिजन र न्यूज ट्वान्टी फोर लिन पनि छलफल नगरेको होइन । तर, न्यूज ट्वान्टीफोरको मूल्य बढी भनिएको र इमेज च्यानलले पनि बढी मोल राखेकाले खरिद नगरिएको बताइएको छ । अझ इमेज च्यानल किन्न अन्तिमसम्म प्रयास गरिएपछि सो समूहको अनुसन्धानले सो टेलिभिजनमा ओभर स्टाफिङ रहेको, व्यापार नराम्ररी घटेको र बिक्री हुने खालका इक्वीप्मेण्ट र अन्य सामाग्री समेत नरहेकाले धर्मराज भुसाल समूह  ब्याक भएको बताइएको छ ।

यसैबीच इमेज टेलिभिजन पनि बिक्रीमा रहेको बताइएको छ । धर्मराज भुसाल समूहले नपत्याएपछि इमेजका अध्यक्ष आरके मानन्धरले व्यापारी अजय सुमार्गीतिर हात बढाएको चर्चा इमेजभित्र पत्रकारबीच चलिरहेको छ । 

सम्पादक पनि शेयर होल्डर

 यसैबीच आफ्नै सहकर्मीबाट सार्वजनिकरुपमा ठूला मिडियाका सम्पादकको योग्यता सम्बन्धी प्रश्नहरु उठ्न थालेपछि असजिलोमा परेका कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मा अन्ततः कान्तिपुरको प्रकाशकका व्यापारी साझेदार भएका छन् । पत्रकारहरुका अनुसार, हालै उनकी श्रीमती कल्पना ढकालको नाममा दर्ता भएको पुस्तकहरुको प्रकाशन गर्ने कम्पनीको शेयरमा कैलाशका छोरा पनि जोडिएका छन् । पत्रकारहरुका अनुसार, सम्भव सिरोहियाले २० प्रतिशत सेयर किनेर सुधीरसंगको व्यापारमा साझेदारीमात्र गरेका छैनन, सो कम्पनीको कार्यालय पनि थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपकै भवनमा राखिएको छ ।

 नागरिकको यो चाला

उता, खस्कदै गएको नागरिक दैनिकमा श्रमजीवी पत्रकारहरुलाई पीडा दिने क्रम बढेको छ । पत्रकारलाई मदन चौधरीलाई   बिदाको नाममा टिक्नै नदिएर जागिर छोड्न बाध्य पारेको केही दिन नबित्दै राम्रो कलम चलाउदै आएका युवा पत्रकार मणि दाहालले पनि नागरिक दैनिकबाट बिदा लिएका छन् । उनले नागरिकमा काम गर्ने वातावरण नभएको गुनासो गर्दै राजीनामा गरेको नागरिक सम्बद्ध एक पत्रकारले बताए । पत्रकार मणि हाल शिखर न्यूज अनलाइनमा संलग्न रहेको बताइन्छ । 

उता, सम्पादकसंग बिदा सिफारिस गराएर अमेरिका गएर फर्कनासाथ पत्रकार स्मृति ढुंगानालाई रिपब्लिक मिडियाले दुःख दिन थालेको गुनासो प्रँप्त भएको छ । उनलाई नियमित तलब समेत दिन छोडेपछि पत्रकार महासंघको प्रतिष्ठान शाखाको पहलमा भएको छलफल समेत निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।

ढुंगानाले असार ३ गते आइतबारमात्र पत्रकार महासंघको केन्द्रीय कार्यालयमा महिला पत्रकार भएकै कारण रिपब्लिक मिडियाले विभेद गरेको, नियमित पारिश्रमिक नदिएको, सम्पादकले सिफारिस गरेको बिदामा किचकिच गरेर पूर्व जिम्मेवारी खोसेर हाजिरीमात्र गर्ने अवस्थामा पु¥याएको भन्दै उजुरी दर्ता गराएको थाहा भएको छ ।

हिमालय टेलिभिजनमा यस्तै प्रकृतिको समस्यामा महासंघले छलफलबाट समाधान खोज्दा नमान्दा आन्दोलन थालेपछि व्यवस्थापन गलेर पीडित पत्रकारलाई पूर्ववत जिम्मेवारीमा फर्काइएको थियो । महासंघले अब श्रमजीवी पत्रकारलाई हैरानी दिने क्रम बढेकाले रिपब्लिक मिडियामा समेत तत्काल कालो ब्यानर टा“स्नेलगायतका आन्दोलन थाल्ने र सुनुवाई नभए तालाबन्दीसम्म गर्नेगरी छलफल थालेको महासंघ सूत्रले जनाएको छ ।

(२०७५ असार ४ गतेको साँघु साप्ताहिकबाट)