🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याज दुई रुपैयाँले घटेर ११० रुपैयाँ कायम रहेको छ । 

त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी ९० रुपैयाँ पुगेको छ भने रातो मूला १० रुपैयाँले घटेर ४० रुपैयाँ पुगेको छ । गोलभेडा ठूलो १३०,लोकल गोलभेडा सानो ८० रुपैयाँ रहेको छ । 

रायोको साग प्रतिकेजी १ं० रुपैयाँले घटेर १३० रुपैयाँ, बरेला २० रुपैैयाँले घटेर  १२० रुपैयाँ, कन्य च्याउ २० रुपैयाँले घटेर १५० रुपैयाँ, ब्रोकाउली १० रुपैयाँले घटेर १५० रुपैयाँ रहेको छ ।

आज हरियो खुर्सानीको भाउ प्रतिकेजी १० रुपैयाँले घटेर १२० रुपैयाँ रहेको छ भने, सुकेको खुर्सानी ४३० रुपैयाँ नै कायम छ । फूजी स्याउ पनि ४० रुपैयाँले घट्दै  २६० रुपैयाँ कायम भएको छ  केराको मूल्य भने १० रुपैयाँले बढ्दै १५० पुगेको छ । अनारको मूल्य ह्वात्तै बढेको छ । हिजो ३३० रुपैयाँ तोकिएकोमा आज ३८० रुपैयाँ पुगेको छ ।