बेंजामिन ज़ैंड
पोर्ट मोरेस्बी, १५ पुष । अष्ट्रेलियाको उत्तर दिशामा रहेको देश पपुआ न्यू गिनी महिलाहरुको लागि विश्वको सबैभन्दा खतरनाक देश भएको बताइएको छ ।
केही अनुमानको आधारमा पपुआ न्यू गिनीमा करिब ७० प्रतिशत महिलाहरुको जीवनकालमा बलात्कार गरिन्छ वा उनीहरुलाई कुनै किसिमको यौन हिंसाको शिकार बनाइन्छ । बीबीसीले पपुआ न्यू गिनीको राजधानी पोर्ट मोरेस्बीको भ्रमण गरेको थियो । सो भ्रमणका क्रममा बिबिसीले यस्ता मानिससँग भेटघाट गर्यो, जसलाई महिलाविरुद्ध हुने हिंसाको ज्ञान थियो ।
भ्रमणका क्रममा बीबीसीले यस्ता महिलाहरुसँग भेट गर्यो, जो महिलामाथि हुने हिंसाले सीमा नाघेको बताउँथे । बस्नका लागि पनि पपुआ न्यू गिनी लायक देशमा पर्दैन र यहाँ घरेलु हिंसा र बलात्कारको दर सबैभन्दा धेरै रहेको छ । तर केवल बलात्कारीलाई मात्र सजाय मिल्नु नै पपुआ न्यू गिनीको सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ ।
एक वरिष्ठ पुलिस अधिकारीका अनुसार, जनवरीदेखि मे २०१८ को बीचमा मात्र घरेलु हिंसा र बलात्कारका कम से कम ६ हजार घटना दर्ता भएका छन् । ‘यो केवल दर्ता भएका घटना मात्र हुन्, तपाई सोच्न सक्नुहुन्छ कि यस्ता कति घटनाहरु होलान् जो दर्ता नै हुँदैनन् । यही कारणले गर्दा पपुआ न्यू गिनीमा यसबारे जसलाई सोधे पनि यो त सामान्य कुरा भएको बताउँछन्, यहाँ कोही महिला जो प्रेमिका, पत्नी या साथी हुन्छिन्, उसको साथ हिंसा हुनु सामान्य मानिन्छ’, उनले बताए ।
पपुआ न्यू गिनीमा स्थानीय बदमाशहरुलाई ‘रास्कल’ भनिन्छ र यिनीहरु माथि नै बलात्कारका सबैभन्दा धेरै आरोप लाग्ने गरेको छ । यिनीहरुका लागि कुनै महिलाको सामूहिक बलात्कार गर्नु सामान्य कुरा जस्तै हो । यो बारेमा यिनीहरु खुलेर कुरा गर्दछन्, यिनीहरुलाई क्यामेरा र पुलिसको कुनै डर छैन । एक ‘रास्कल’ ले बीबीसीलाई भने, ‘यहाँ महिलाहरु सबैभन्दा सहज शिकार हुन्, उनीहरुलाई लुट्न सबैभन्दा सहज छ, उनीहरुलाई पिट्न पनि सहज छ ।
यदि सडकमा खुलेआम तपाई महिलालाई पिट्नुहुन्छ भने पनि त्यसको कोही विरोध गर्दैनन् किनकि यो सामान्य हो ।’ पपुआ न्यू गिनीको राजधानी पोर्ट मोरेस्बीमा महिला हिंसाका यति धेरै घटनाहरु हुने गरेका छन्, जसका कारण सरकारले ‘सेफ हाउस’ नामको घर स्थापना गरेको छ ।
एक ‘सेफ हाउस’ मा रहेकी सुजन नामकी महिलालाई बीबीसीले भेटेको थियो । जो महिला दुई महिनादेखि त्यहाँ रहँदै आएकी थिइन् । सन् २००० मा सुजनको विवाह भएको थियो । १८ वर्षसम्म चलेको घरेलु हिंसाबाट वाक्क भएकी सुजनले भनिन्, ‘ऊ मलाई धेरै नै पिट्ने गर्दथ्यो, यो वर्ष नै उसले धारिलो हतियारले मेरो हात नै चिरिदयो र जसको कारण मैले हातमा ३५ टाँका लगाउन प¥यो । दैनिक उसको मारबाट आजित भएपछि छतबाट कुँद्ने क्रममा मेरो दाहिने खुट्टा पनि भाँचियो ।’
सुजन त केवल एक उदाहरण मात्र हुन्, यस्ता कयौं महिलाहरु छन् जो यस्तो हिंसामा पिल्सिएका छन् । कानूनकै कुरा गर्दा ५ साल पहिले नै पपुआ न्यू गिनीमा ‘फ्यामिली प्रोटेक्शन ऐक्ट’ बनाइएको थियो । यो ऐक्टको अनुसार, घरेलु हिंसा एक अपराध हो र जसको लागि २ वर्षको जेल सजाय हुन सक्छ या अपराधीले २ हजार अमेरिकी डलर जुर्माना दिनुपर्ने हुन्छ ।
पपुआ न्यू गिनी पितृसत्तात्मक छ, यहाँ घरको सबै फैसला लिने अधिकार पुरुषको हातमा छ । एक पुलिस अधिकारीले पुपुआ न्यू गिनीमा बलात्कारको अधिकतम ५ सालको जेल सजाय र नाबालिगको मामलामा अधिकतम २ सालको जेल सजय भएको बताए । धेरै पुलिस अधिकारीहरु पनि बलात्कार जस्तो गम्भीर अपराधका लागि यो सजाय काफी नभएको मान्छन् । बिबिसीबाट



