काठमाडौं, २७ असार । पूर्वराजाका सचिव डा. फणिराज पाठकलाई ‘श्री ५’ भन्ने शब्द प्रयोग गरेको आरोपमा सुरक्षा निकायले पक्राउ गरेर आजसम्म हिरासतमा राखेको छ ।
डा. पाठकले सार्वजनिक रुपमा जारी गरेको विज्ञप्तिमा ‘श्री ५’ शब्द लेखेकै कारण उनलाई कारबाही गरिएको बताइएको छ । यो घटनापछि सर्वसाधारणले प्रजातन्त्र, गणतन्त्रजस्ता शासन प्रणाली आएपछि पनि बोल्ने अधिकार र लेख्ने अधिकार हनन् हुनु राम्रो नभएको प्रतिक्रिया दिएका छन् ।
सर्वसाधारणले यस कदमलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हमला भन्दै आलोचना गरेका छन् ।




