🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

परमात्माको साथ 

हजरत मुहम्मद आफ्ना शिष्य अलीसँगै कतै जाँदै थिए । बाटोमा अलीका एकजना शत्रु फेला परे । अलीलाई देख्नासाथै उसले तथानाम गाली गर्न थाल्यो । अलीले शान्त भावसँग उसका गाली सुनिराखे । तर अन्ततः अलीको धैर्यको बाँध पनि फुट्न थाल्यो । त्यसपछि अली पनि उसैको स्तरमा उत्रिएर गालीको जवाफ गालीले दिन थाले । दुई  जनाको बाजाबाजको यो क्रमले अलीको आँखा राता हुन थाले, मन घृणाले भरिन थाल्यो र दिमागमा रिसको बादल मडारिन थाल्यो ।

अन्त्यमा आवेगमा आएपछि अलीको हात तलबारमा पुग्यो । त्यसपछि हजरत मुहम्मद अलीलाई छाडेर आफ्नो बाटो लागे । संकटको क्षणमा गुरुले साथ छाडेको देखेर चकित हुँदै अलीले हजरत मुहम्मदलाई सोधे गुरु ! यो तपाईंको कस्तो व्यवहार, चेला संकटमा परेपछि साथ छाडेर हिंड्ने ? जवाफमा मुहम्मदले भने, प्रिय अली तिमीसँग बाझिराखेको तथा तिमीलाई मनपरी गाली गरिराखेको यो मानिस हिंस्रक र क्रुर भएको कुरामा कुनै शंका छैन ।

उसले गाली गरिरहँदासम्म जव तिमी शान्त थियौ र प्रेमपूर्ण कुरा गरिराखेका थियौ, त्यतिखेर तिम्रो रक्षा परमात्माका दूतले गरिरहेका थिए । प्रेम र क्षमाका कारण तिमी पनि त्यही मानिसको स्तरमा पुग्न थाल्यौ र तिम्रो आँखामा तव देवदूतले तिमीलाई छाडेर गए । त्यसैले गर्दा मैले पनि आफ्नो बाटो तताउन थालेको हुँ । किनभने परमात्माले तिम्रो साथ छाडेका थिए ।