🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाद्वारा प्रधानमन्त्री ओलीलाई द्रुतमार्गको  बारे जानकारी

काठमाडौँ, २२ असार (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली सेनाले आफ्नो व्यवस्थापकीय जिम्मेवारीमा निर्माणाधीन ‘काठमाडौँ–तराई–मधेश द्रुतमार्ग’को हालसम्मको प्रगति बारे जानकारी गराएको छ ।

प्रधानमन्त्री ओलीले २०७६ असार २२ गते  साँझ जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका थिए  । प्रधानमन्त्री ओलीलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डामा स्वागत गरेका थिए  । द्रुतमार्ग आयोजनाका आयोजना प्रमुखले हालसम्म भएका प्रगति बारे प्रस्तुतिकरणमार्फत जानकारी गराएको सैनिक जनसम्पर्क  तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, मुख्य सचिव लोकदर्शन रेग्मी, रक्षा सचिव रेश्मीराज पाण्डे तथा  सेनाका रथीवृन्दहरुको उपस्थिति रहेको थियो ।
–––