🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बैरोका डीजी पाण्डेको चा”दी कटाइ †

काठमाडौं । विदेशिएका वेरोजगार नेपालीहरूसंग गैरकानूनी रुपले असुलिएको पैसाका कारण वैदेशिक रोजगार विभागमा भा“डभैलो मच्चिएको छ । कहिले रित नपु¥याई कम्पनी दर्ता गरेर त कहिले स्पष्टिकरण वा अनुगमनका नाममा वैदेशिक रोजगार व्यवसायीसंग करोडौं असुलिरहने वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेको भ्रष्ट प्रवृत्तिका कारण कार्यालयमा असन्तुष्टी व्याप्त भएको खबर छ । श्रम मन्त्रालयले कम्पनी दर्ता गर्न रोक लगाएकै समयमा पनि उनले सयौं कम्पनी अदालतको आदेशका नाममा दर्ता गरिदिएर करोडौं रुपैया“ असुलेको आरोप ब्यवसायीहरूले लगाएका छन् ।

 सर्वोच्च अदालत र मन्त्रालय स्वयंले फेरि आदेश दिएर कम्पनी दर्ता गर्न रोक लगाएपछि उनी वैदेशिक रोजगार व्यवसायीलाई हालसम्मको अवस्था प्रष्ट पार्नु भनी फाराम भराउन लगाइयो । शून्य मूल्यमा खाडी राष्ट्रमा रोजगारीका लागि जाने नेपालीलाई पठाउने प्रावधान लागू भएपछि कसले कति मानिस पठाएदेखि कति आम्दानी भयो ? भन्ने विवरण भर्न पाण्डेले उर्दी जारी गरे । यस प्रक्रियामा पनि पाण्डे समूहले फाराम भरी बुझाउने अधिकांश कम्पनीसंग मापदण्ड पुगेन वा अपुरो भयो भन्दै प्रायजसो कम्पनीसंग २ देखि ५ लाखसम्म असुल गरेका व्यवसायीहरू गुनासो गर्छन् । निवर्तमान वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष विमल ढकालले विभागले जारी गरेको फाराम भरेका व्यवसायीसंग कर्मचारीहरूले मापदण्ड नपुगेको, विवरण नखुलेको वा ऐन र नियमावलीहरू देखाएर रकम माग गर्ने गरेका बताए । यसबारेमा बुझ्न खोज्दा महानिर्देशक पाण्डेबाहेक अरु कुनै कर्मचारीले पनि फारामका बारेमा कुरा गरी रकम माग गर्नै नसक्ने बताए । ढकाल भन्छन् सबै कुराहरू स्वयं पाण्डे सरले नै हेर्ने भएकाले यस्ता काममा अरुको संलग्नता हुने अवस्था छैन ।

 सातसय भन्दा बढी व्यवसायीले आफ्ना कारोबारका विवरण फाराम भरी बुझाएका छन् । यी मध्ये ५३ वटासंग २ देखि ५ लाखसम्म लाभ लिई पाण्डेले उनीहरूलाई सफाई दिएको कर्मचारी स्रोत बताउछ । अनुगमन शाखाले फाराम उपलब्ध गराउने, भराउने, लिने र मूल्यांकन समेत गर्ने गर्दछ । यसले सबै फारामको अध्ययन गरी ऐन बमोजिम काम नगरेका कम्पनीका बारेमा खुलाएर जरिवाना गर्नुपर्ने समेत राय दिई प्रतिवेदन महानिर्देशक पाण्डेसमक्ष बुझाएको खबर छ । तर कारवाहीका लागि सिफारिस गरिएका कम्पनीहरूलाई खुरुखुरु पाण्डेले सफाइ दिएपछि शाखाका कर्मचारी रुष्ट हुन पुगेका छन् । उनीहरू गुनासो गर्छन–‘ऐन बमोजिम काम गरेर मात्र के गर्नु माथिकाले लाभ लिंदै सफाइ दिएपछि ?’ खासमा अनुगमन शाखाका कर्मचारीहरू अहिले डीजी पाण्डेको मुख नै हेर्नु नपरे पनि हुन्थ्योजस्तो गर्छन् । उनीहरूलाई प्रष्ट थाहा छ  डीजी पाण्डेले कुन कम्पनीसंग कति लाभ लिए र सफाइ दिए भन्ने । तर शाखाका कर्मचारीलाई उनले एकपैसा चुहाउ“दैनन् भन्ने गुनासो पनि सुनिन्छ । 

महानिर्देशकले पाण्डेले असुलेको रकम मन्त्रालय, नारायणस्थान र टंगालसम्म पु¥याउनु पर्ने वाध्यताका कुरा सुनाउने गरेको कर्मचारी स्रोत बताउछ । स्रोत भन्छ, काम गरेर जस पनि नपाइने, उल्टै नियमसंगत गरेका कार्यबाट कार्यालय प्रमुखले शुभलाभ मात्र हासिल गरिरहने तर आफ्ना भागमा कौडी नपर्ने भएकाले अनुगमनका कर्मचारी दिक्क भएका हुन् । हाल अनुगमनमा नारायण आचार्य निर्देशक, लेखनाथ भट्टराई र कीर्तिबल्लभ पौडेलसहित तीनजना अधिकृत, खड्ग केसीहरू रहेका छन् । शुरुमा डीजी पाण्डेसंग निकै राम्रो सम्बन्ध भएका आचार्य अहिले उनीसंग बोल्न पनि नपरे हुन्थ्यो जस्तो गर्छन् । हाल संचालनमा रहेका ८ सयभन्दा बढी कम्पनी नवीकरण हुने बेला भएकाले यस प्रक्रियामा समेत शुभलाभ हासिल गर्न डीजी पाण्डेले नवीकरणमा उठाउन माहिर कर्मचारी पेशल कोइरालालाई साथ लिएर काम गर्न थालेका छन् ।