🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रदेश नं २  : जानकी, मिथिला भोजपुरा, मध्यमधेस र मधेस प्रदेश सबै  अस्वीकृत  

धनुषा, ५ चैत (रासस) : प्रदेश नं २ को नामकरणको लागि प्रदेशसभामा चैत ४ गते  भएको मतदान प्रक्रियामा कुनै पनि नाम स्वीकृत हुन सकेन । प्रदेश २ को नामकरणको लागि दर्ता भएको जानकी, मिथिला भोजपुरा, मध्यमधेस र मधेस प्रदेश गरी चार वटै प्रस्ताव अस्वीकृत भएको हो । 

    नामकरणका लागि प्रदेशसभामा चैत ४ गते  दिनभर भएको मतदानमा पनि कुनै टुङ्गो नलागेपछि प्रदेश नं २ को नामकरण थप अन्योलमा परेको छ । नेकपाले प्रस्ताव गरेको जानकी, नेपाली काँग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा, काँग्रेसका सांसद राजेश्वरप्रसाद साहले प्रस्ताव गर्नुभएको मध्यमधेश र सत्तासीन दल समाजवादी पार्टी र राजपाले प्रस्ताव गरेको मधेश प्रदेशमा छुट्टाछुट्टै मतदान भए पनि कुनै प्रस्तावमा दुई तिहाइ मत पुग्न नसकेपछि चार वटै प्रस्ताव फेल भएको हो ।

    कूल १०७ सांसद रहेको प्रदेश २ मा दुई तिहाइ बहुमतका लागि ७२ मत आवश्यक पर्छ तर कुनै पनि प्रस्तावको पक्षमा दुईतिहाइ पुग्न सकेन । सत्तारुढ दलले प्रदेश नं २ लाई ‘मधेश प्रदेश’ नामाकरण गर्ने प्रस्तावको पक्षमा ६० मत खसेको छ । विपक्षमा ४६ मत परेको छ भने १ मत बदर भएको छ ।

    मधेस प्रदेशका लागि सत्तारुढ राजपा र समाजवादीका ५५ र अर्को नेपाल समाजवादी पार्टीका एक जना सांसदले पक्षमा मत खसालेका थिए भने ४ मत काँग्रेस र नेकपाका सांसदले खसालेका थिए । एक मत बदर भएको थियो भने ४६ मत विपक्षमा खसेको थियो ।

    यसअघि नेकपाको प्रस्तावित नाम जानकीमा ३७ मत मात्र प्राप्त भएपछि सो प्रस्ताव पनि खारेज भएको थियो । काँग्रेसको मिथिला भोजपुरा नामको पक्षमा मात्र २८ मत खसेपछि अस्वीकृत भएको थियो ।

त्यसैगरी प्रदेश २ को नामकरणको लागि नेपाली काँग्रेसका सांसद राजेश्वरप्रसाद यादवले बागी भएर प्रस्ताव गर्नुभएको मध्य–मधेश नामको प्रस्ताव पनि खारेज भएको थियो । मध्य–मधेश नाम राख्नुपर्नेे प्रस्तावको पक्षमा ४२ मत खसेको थियो । चारवटै प्रस्ताव फेल भएकाले अब फेरि शुरुदेखि नै प्रक्रियामा जानुपर्ने भएको छ । त्यसको लागि दलहरुले पुनः प्रस्ताव दर्ता गराउनुपर्ने हुन्छ । 
–––