🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दुर्घटनामा मोटरसाइकल चालक श्रेष्ठको मृत्यु

भक्तपुर, ५  चैत (रासस) : मध्यपुरथिमि नगरपालिका–३ कौशल्टार ६ लेन सडकमा चैत ४ गते  एक स्कुटरलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

कोटेश्वरबाट सूर्यविनायकतर्फ आउँदै गरेको प्रदेश नं ३–०२–००९ प. ०३५९ नंको स्कुटरलाई ओभरटेक गर्ने क्रममा कौशल्टारमा बा. ५८ प. १६७७ नंको अर्को मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक पनौती नगरपालिका–१२ रोशी बस्ने २२ वर्षीया सरोज श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

मोटरसाइकल चालक श्रेष्ठ घाइते भई नागरिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । प्रहरीले स्कुटर चालक मध्यपुर थिमि नगरपालिका–८ बोडे बस्ने १८ वर्षीया इशा ढेकेलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
–––