🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विद्युतीय सवारीसाधनका लागि देशभरी चार्जिङ स्टेशन

काठमाडौं, फागुन ६ \\ नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन स्थापना गर्न अध्ययन थालेको छ।

स्टेशन स्थापनाका लागि सम्भाव्य स्थान छनोट गर्न उर्जा मन्त्रालयका इन्जिनियर गणेश शाहलाइ साथ लिएर कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं अध्ययनमा जुटेको प्राधिकरणका अधिकृतले बताए।

उनका अनुसार चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी सञ्चालनमा आएपछि वर्षाको सिजनमा विद्युत बचत हुनेछ । त्यस्मा पनि राति अझै बढी विद्युत बचत हुने भएकोले विद्युत खपतको योजनामा घिसिङ लागेका हुन्।

यो ६ महिनामा मात्र भारतबाट ६८ खर्ब ६४ अर्बको पेट्रोलियम पदार्थ आयात भएको छ । विद्युत सवारी प्रवर्ध्दन गर्नसके आयात विस्थापन गर्न सकिने घिसिङको तर्क छ।

त्यसबाहेक, यातायात ब्यवशायीको खर्चपनि ह्वात्तै घट्ने छ। पेट्रोलियम पदार्थबाट चल्ने गाडीहरुले प्रतिकिलोमिटर सात रुपैयाँ खर्च लाग्छभने विद्युतीय सवारी साधनमा भने प्रतिकिमि दुई रुपैयाँ मात्र खर्च हुने विश्लेषण छ।