🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

२४ घण्टामा ७८ पव पुगेर विश्व रेकर्ड

सिड्नी, २७ कात्तिक । एकै दिनमा सबैभन्दा धेरै बार भ्रमण गरेर मेलबर्नस्थित दक्षिण अफ्रिकी मूल निवासीले गिनिज वल्र्ड रेकर्ड कायम गरेका छन् । २४ घण्टाको एपिक पब क्रलमार्फत विभिन्न स्थानमा रहेका ७८ पवको भ्रमण गरेर रेकर्ड राखेका हुन् । गिनिज वल्र्ड रेकर्ड्सका अनुसार हेनरिक डे भिलियर्सले २४ घण्टामा मेलबर्न र भिक्टोरियामा सबैभन्दा धेरै पब भ्रमण गर्ने व्यक्तिगत रेकर्ड बनाएका हुन् ।

हेनरिकसँग साथीहरू रुआल्ड डे भिलियर्स र वेसल बर्गर (दुबै दक्षिण अफ्रिकाका) थिए । उनले कोभिड– १९ को समयमा धेरै प्रभावित भएको मेलबर्नको स्थानीय पब र बारबारे चासो बढाउन र समर्थन गर्न चुनौती स्वीकार गरेका थिए ।

‘मैले पहिलो पटक सन् २०२१ को नोभेम्बरमा आवदेन दिए, जतिबेला मेलबर्न भर्खरै लकडाउनबाट बाहिर निस्किरहेको थियो’, २३ वर्षीय हेनरिकले भने, ‘मैले एक चुनौतीको रूपमा रेकर्ड कायम राख्न  आवेदन दिएँ,  जुन मलाई लाग्यो कि हामी वास्तवमा तोड्न सक्छौं ।’

मिस्टर डी भिलियर्सले इंग्ल्याण्डको ब्राइटनमा ६७ पबहरूमा २४ घण्टा बिताएका नाथन क्रिम्पले बनाएको अघिल्लो कीर्तिमान तोडेका हुन् । 

एजेन्सी