🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टाइगर भर्सेस पठान निर्देशकको पारिश्रमिक ४० करोड

मुम्बई । फिल्म ‘पठान’मा स्क्रिन सेयर गरेपछि अब दर्शक ‘करण अर्जुन’ फेम्ड अभिनेता शाहरुख खान र सलमान खानलाई फूल फ्लेज्ड भूमिकामा एकसाथ देख्न चाहन्छन् । यहीकारण यशराज फिल्मस्ले आफ्नो स्पाई युनिभर्सलाई अगाडि बढाउँदै नयाँ स्पिाई थ्रिलर ‘टाइगर भर्सेस पठान’ बनाउने घोषणा गरिसकेको छ ।

फिल्ममा शाहरुखसँग अपोजिटमा दीपिका पादुकोण र सलमानको अपोजिटमा कटरिना कैफको अभिनय रहनेछ । कटरीना र दीपिका स्पाई एजेन्टको भूमिकामा देखिनेछन् । फिल्ममा सिद्धार्थ आनन्दको निर्देशन रहनेछ । उनले यो फिल्मका लागि ४० करोड पारिश्रमिक लिएका छन् ।  बलिउडमा कुनै पनि निर्देशकले पाएको यो पारिश्रमिक अहिलेसम्म कै सर्वाधिक महंगो हो ।

फिल्ममा आदित्य चोपडाको लेखन छ । फिल्मको छायांकन सन् २०२४ बाट सुरु हुनेछ भने रिलिज २०२५ मा हुनेछ । रोचक कुरा के छ भने सिद्धार्थले प्रभासको फिल्म ‘मैत्री’का लािग ६५ करोड रुपैंयाँको सम्झौतामा हस्ताक्षर गरेका थिए । तर उनले त्यसभन्दा अघि ‘टाइगर भर्सेस पठान’लाई अगाडि बढाउने निर्णय लिएका छन् ।

‘शाहरुख र सलमानलाई एकै फिल्ममा निर्देशन गर्न पाउनु फिल्म निर्देशकका लागि एउटा सपना नै हो । कोही पनि यो अवसरलाई गुमाउन चाहँदैनन्’, फिल्म निकट स्रोतले भन्यो ।