नेपाली भाषी दार्जिलिङ तथा खस्र्याङतिर तैरिएरमाथि आएको
‘चिरि पार्टी’ समूह
र, बिजातीय पश्चिमा सोच र सम्पत्तिलाई मानक बनाएर
काठमाण्डौ केन्द्रित बनेको ‘चिरबीरे बुद्धिजीबी’ समूहबीच
एउटा आधारभूत मेल छ ।
ती दुबै अलिक खुकुलो हुने बित्तिक्कै भट्टीमा भेटिन्छन्, हिजोको वाचा पुरानो भो भन्दै ।
दार्जिलिङतिर ‘चिरि पार्टी’सित नशा सेवनको उदेकलाग्दो बहाना कटकटिएर बसेको हुन्छ ।
र, त्यो बानीलाई हरेक दिन छोडेको बहानामा नशापानी गरेर न ती खुशियाली मनाउँछन् ।
काठमाण्डौंको ‘चिरबीरे बुद्धिजीवी’हरू सरकारका हरेक कमजोडीमा एकजुट हुन्छन् ।
र, मुखमा पट्टी बाँधेर उत्सव मनाउँछन् ।
जसलाई ती कहिले ऐक्यबद्धता भन्छन्, कहिले दवावमूलक कार्यक्रम ।
जस्तो कि ‘चिरि पार्टी’सित ‘गोरखाल्याण्ड’को कुनै मानक छैन ।
र, जस्तो कि ‘चिरबिरे बुद्धिजीवी’सित ‘नेपाली अखण्डता’को कुनै मानक छैन ।
‘चिरि पार्टी’ र ‘चिरबीरे बुद्धिजीवी’बीच सतहमा नदेखिने
तर गहिराईमा नयाँ धारको प्रवाह भेटिने यहीँनेर हो ।
गोरखाल्याण्डको आन्दोलनमा चिरि पार्टी हरेक दिन बहस गर्दछन् ।
यो त अति भो नेताहरूको भन्दै थुक्छन्, अनि घुट्क्याउँछन ।
यहाँ चिरबीरे बुद्धिजीवी’हरू हरेक दिन बहस चलाउँछन् ।
र, यो त अति भो गणतन्त्रवादी नेताहरू भनेर घुट्क्याउँछन ।
ती दुबैथरिको गोल चक्करको अन्त्य जहिल्यै त्यै भट्टीमा मात्रै हुन्छ ।
दार्जिलिङतिरको चिरि पार्टीसित कुनै दिन कतै बिताउनुस्
तपाई तिनको पहाडसित सामेल हुनुहुनेछ ।
जसलाई चिरि पार्टीहरू गौरब प्रमाणित गर्न हरेक दिन लिवर सेक्छन् ।
पल्लो बगानमा भरखरै बितेका आइतेसित तपाई दुखः साट्न सक्नु हुनेछ ।
चिरि पार्टीमा बँत मार्नेहरू भनिराखेका हुन्छन् ।
आइतेको लिबर त्यति बिग्रेको नै होइन, जति उसकी जहान ।
काठमाण्डौ केन्द्रित चिरबीरे बुद्धिजीवीहरूसित कुनै दिन अनामनगरतिर
होइन भने झुक्किएर पुतली सडकतिर वा उपल्लो भट्टितिर बस्नु भो भने
ती पद्धतिमा आएको विकारभन्दा घटनामा फलानो पुलिसलाई मुछेर
मोमोको साँधेको मासु बसाइ रहेका हुन्छन् ।
मानौ मोमोको साँधेको मासुसित मानव अधिकारको सम्बन्ध छ ।
पश्चिमा रणनीतिको गोलचक्कर बुझ्न
तिनलाई यो उमेरले पुग्दैन, अर्को एक उमेर पनि थप्नु पर्ने हुन्छ ।
नेपालको सांस्कृतिक तथा समाजिक विचलनको गोलचक्कर
तिनका लागि चक्रब्युह नै बन्दै गएको छ ।
चिरबीरे बुद्धिजीवीहरू साबिकमा बात मारिरहेका भेटिन्छन् ।
गणतन्त्रको लिवर बिग्रेको नै होइन, जति नेताकी फलानी ।
नेता कि फलानी र नेपालको संघीयताको त्यान्द्रो भेदन सजिलो हुनै सक्तैन ।
चिरि पार्टीको अनमोल बानीलाई भेद्नु बङ्गाली मानुषलाई गाह्रो छैन ।
जति कि काठमाण्डौका चिरबीरे बुद्धिजीवीलाई भेद्न गर्न मधेसी मानुषलाई ।
नेपालमा गणतन्त्र स्थापनाको तेश्रो वार्षिकोत्सब मनाइ रहंँदा
सिके राउत गलाभरिको माला पहिरिएर मधेशको छुट्टै राष्ट्रको घोषणा गर्दछन् ।
चिरबीरे बुद्धिजीवी समूह हातमा मैनबत्ती लिएर मानव अधिकारको माखेसाङ्लो बनाउँछन् ।
मधेशको छुट्टै राष्ट्रको बिखण्डन र माइती मण्डेलाको मैनबत्ती छुट्टै विषय हो भन्छन, कति ।
म भन्छु होइन, एउटै विषयको अँध्यारो उज्यालो हो ।
चिरबीरे बुद्धिजीवीलाई तिनले हाथमा बोकेको मैनबत्तीको दाम कति पर्छ थाहा छैन ।
कसले ति¥यो त्यो पनि थाहा छैन ।
तिनको हाथमा नेपालको झण्डा कसले थमायो त्यो पनि थाहा छैन ।
अन्सारै अन्सारमा ती बहस चलाउँछन्
जस्तो कि चिरि पार्टी दार्जिलिङको पहाडमा गोरखाल्याण्डको बहस चलाउँछन् ।
दुबैथरिबीच आधारभूत मेल म त्यहीँ देखिराख्या छु ।
सिके राउतको छुट्टै मधेश राष्ट्रको माग
नेपाली प्रेस, चिरबीरे बुद्धिजीवी र नागरिक अगुवाको सन्नाटा
मानौ नेपाली बुद्धिजीवीहरू भरिया मात्र हुन् ।
सायद त्यसैलाई हाम्रो मधेशतिर भन्छन्
भूच्चड पहाडिया ।
छिचौरी काटेछै ।



