🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

युगाण्डा टी- २० विश्वकपमा छनौट

काठमाडौँ । अफ्रिकी क्षेत्रबाट युगाण्डा टी- २० विश्वकप छनौट भएको छ । युगाण्डाले विश्वकप छनौट अन्तर्गतको अन्तिम खेलमा विहिबार रुवाण्डालाई ९ विकेटले पराजित गर्दै २०२४ मा हुने टी- २० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

रुवाण्डाले दिएको ६६ रनको लक्ष्य पछाएको युगाण्डाले ८.१ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै रुवाण्डाले १८.५ ओभरमा अलआउट हुदै ६५ रन मात्र बनाएको थियो ।

योसँगै युगाण्डा पहिलो पटक टी- २० विश्वकपमा छनौट भएको छ । अफ्रिकी क्षेत्रबाट नामिबिया र युगाण्डा छनौट भएसँगै टेस्ट खेल्ने देश जिम्बाबे टी- २० विश्वकपमा छनौट हुन असफल भएको छ । जिम्बाबे यसअघि ६ पटक टी- २० विहस्व्क्पा खेलेको थियो । 

साथै यस अघि २००७ मा टी- २० विश्वकप खेलेको केन्या पनि विश्वकपमा छनौट हान असफल भएको छ । ७ देशले विश्वकपको छनौटमा भाग लिएकोमा रुवाण्डा, तान्जानिया, नाइजेरिया भने यसअघि नै बाहिरिइ सकेका थिए ।