🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अन्तिम खेलमा पनि सन्दीपको शिकार कप्तान नै 

काठमाडौं, १८ पुष : नेपालका लेग स्पिनर बलर सन्दीप लामिछानेले विग वास लिगको चौंथो तथा अन्तिम खेलमा पनि १ विकेट लिएका छन् । 

औसत बलिङ गरेका सन्दीपले ४ ओभरमा ३१ रन खर्चिदै मेलवर्न रेनेगेड्सका कप्तान टम कुपरको  विकेट लिएका हुन् । खेल पनि सन्दीपकै टिम मेलवर्न स्टार्सले जित्यो । १ सय ४९ को लक्ष्य मेलवर्न स्टार्सले ३ विकेट गुमाउँदै १७.५ ओभरमा भेट्यायो । 

मेलवर्न स्टार्सका लागि मार्कस स्टोनिसले अविजित ७८ रनको पारी खेले । त्यस्तै कप्तान ग्लेन म्याक्सवेलले ३३ र वेन डंकले ३२ रन बनाए । मेलवर्न रेनेगेड्सका लागि क्यामेरन वोइसले २ विकेट लिएका थिए भने मेलवर्न स्टारका निक लार्किन रन आउट भएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको रेनेगेड्सले २० ओभरमा ९ विकेट खर्चेर जम्मा १ सय ४८ को योगफल खडा गरेको थियो । उसका लागि साम हार्परले ३० रनको शानदार पारी बाहेक अरु खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । 

यसपछिका खेलमा भने सन्दीपलाई देख्न सकिने छैन । सन्दीप बंगलादेशको प्रिमियर लिग (बीपीएल) खेल्न बंगलादेश जानेछन् । उनी सिल्लेट सिक्सर्सबाट खेल्दै छन् । विग वास अघि नै बीपीएल मा अनुबन्धन भएको हुँदा सन्दीपले अष्ट्रेलिया छोडेका हुन् । कूल ४ खेल खेलेका सन्दीपले विग वास लिगमा ८ विकेट लिएका छन् ।