🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रास्वपा नेता कार्की भन्छन् – नयाँ पार्टीले देखाउनु पर्ने पारदर्शी चरित्रका रूपमा हामी चुक्यौँ, माफी माग्छु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले नयाँ पार्टीका रूपमा चुकेको भन्दै माफी मागेका छन् ।

नेकपा एमालेले मानव तस्करीको आरोप लागेका कोशीका पुर्व मन्त्री लिला बल्लभ अधिकारीलाई निलम्बन गरेको विषयमा सामाजिक सञ्जालमा एक टिप्पणी लेख्दै कार्कीले एमालेले गरेको कारवाही सह्राननीय रहेको र आफूहरुले अगाडिको कारबाही निष्पक्ष हुन्छ कि हुन्न भन्ने हेरिरहेको उल्लेख गरेका छन् ।

साथै कार्कीले नयाँ पार्टीका रूपमा, नयाँ नेताका रूपमा, नयाँ पार्टी र नेताले बनाउनु पर्ने नयाँ छवि, हुर्काउनु पर्ने नयाँ प्रवृति र देखाउनु पर्ने पारदर्शी चरित्रका रूपमा आफूहरु चुकेको उल्लेख गरेका छन् ।

उनले भनेका छन् –  

जनही १० देखि १४ लाखसम्म लिएर ३ जनालाई नक्कली कर्मचारी बनाएर जापान पुर्याएको तर जापानले मन्त्रीसहित सबैलाई फिर्ता गराएको भन्ने सार्वजनिक भएपछि कोशी प्रदेशका मन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारीलाई एमालेले पार्टीबाट निलम्बन गरेको छ । उनीमाथि छानविनका लागि अनुरोध गरेको छ । यतिसम्म भए पनि एमालेले गरेको कुरा सह्राननीय छ । अगाडिको कारबाही निष्पक्ष हुन्छ कि हुन्न हामी हेरिरहेका छौँ ।

र, नयाँ पार्टीका रूपमा, नयाँ नेताका रूपमा, नयाँ पार्टी र नेताले बनाउनु पर्ने नयाँ छवि, हुर्काउनु पर्ने नयाँ प्रवृति र देखाउनु पर्ने पारदर्शी चरित्रका रूपमा हामी चुकेका छौँ । मेरो भागमा पर्ने गल्ति, मौनताका लागि सार्वजनिकरूपमा माफी माग्छु ।