🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बदनाम घुमुवालाई एसएसपीको धाप

जनकपुर अंचलका प्रहरी प्रमुख एसएसपी सुवास चौधरीका घुमुवाको आतंक नै छ । धनुषा, महोत्तरी, सर्लाहीमा एसएसपी चौधरीका घुमुवा असई बब्लु ठाकुरले सास्ती दिनुसम्म दिएर घुस असुली गर्दैआएका छन् । धनुषा, महोत्तरी र सर्लाहीका भारतस“ग सीमा नाकामा उनले एसएसपीको नाम लिंदै असुली गर्दैआएका छन् । पछिल्लो पटक धनुषा सरुवा भएका एसपी चक्रबहादुर सिंह सोझो प्रकृृतिका भएका कारण पनि अन्चलका एसएसपी चौधरीको दबदबा बढेको छ । असई ठाकुर बदनाम घुमुवा हुन् । उनी यसअघि रौतहटमा घुमुवा हु“दा उनका बारेमा धेरै नै गुनासो आएपछि तत्कालीन क्षेत्रीय प्रहरी प्रमुख गणेश केसीले क्षेत्रमा तानेका थिए । तर क्षेत्रीय प्रहरी खारेज भई प्रदेश प्रहरीको ब्यवस्था भएपछि फर्कने बेलामा डीआइजी केसीले असई ठाकृरलाई  जनकपुर अन्चलमा खटाएका थिए । क्षेत्रमा तानिएका ठाकुरलाई डीआइजी केसीले हेटौंडाबाट फर्कने बेलामा सर्लाही, महोत्तरी र धनुषा हेर्नेगरी अन्चलको घुमुवाका रुपमा खटाएका थिए । डीआइजी केसीले सुरुमा बदनाम भनेर तानेका घुमुवाहरूलाई हिंड्ने बेलामा लाभ लिंदै साविककै ठाउ“मा वा रोजेको ठाउ“मा फर्काइदिएका थिए । त्यसमा असई ठाकुरलाई जनकपुर अन्चलको घुमुवामा पठाएका थिए ।                         –सुरेश साह, धनुषा