काठमाडौं, २६ मंसिर । हरेक जाति र समुदायका मानिसको आ–आफ्नै संस्कृति हुन्छ । संसारमा अनौठो संस्कृति (अजीब संस्कार) भएका धेरै मानिस र समुदायहरु छन् जसको बारेमा एक पटक पनि विश्वास गर्न सकिदैन । कतिपय चलन रमाइलो हुन्छन् त कतिपय डरलाग्दा हुन्छन ।
आज हामी तपाईंलाई एउटा यस्तो अनौठो संस्कृतिको बारेमा बताउन गइरहेका छौँ, जसलाई सुनेपछि तपाईंलाई पनि रिस उठ्छ । वास्तवमा एउटा यस्तो गाउँ छ, जहाँ आफन्तले शव गाड्दैनन्, जलाउँदैनन् तर घरमै राख्छन् र हरेक बर्ष खाडलवाट निकालेर कुरा पनि गर्छन् ।
तपाईं सोचिरहनु भएको होला कि साँच्चै कुनै यस्तो देश छ, जहाँ मृत व्यक्तिलाई घरमा राखिएको छ । वास्तवमा, यो इन्डोनेसियाको तारोजा गाउँ हो, जहाँ एक अनौठो परम्परा छ । यो गाउँमा कसैको मृत्यु भएमा उसको अन्तिम संस्कार गरिँदैन् तर ममीकरण गरिन्छ । शव धेरै राम्रोसँग राखिएको हुन्छ। र, उनीहरूसँग कुरा गर्ने, खाना खुवाउने आदि उनीहरू उनीहरू जीवीत मान्छेलाइ जस्तै गर्छन् ।
मृतकका आफन्तलाई घरमा मात्रै नभई पानी, खाना र चुरोट पनि खुवाइन्छ । यो पनि भनिन्छ कि हरेक वर्ष अगस्टमा ममीफाइड गरी चिहानमा राखिएका शवहरू बाहिर निकालिन्छन् । सबै शवलाई सफा गरी मेकओभर दिइन्छ र लुगा पनि फेरेर नयाँ लुगा लगाइन्छ ।
चिहानबाट बाहिर निकालेपछि परिवारका सदस्यहरूलाई मेकओभर गरिन्छ । यस बाहेक उनीहरुको फोटो खिचिन्छ र उनीहरुसँग कुरा गरिन्छ । त्यहाँका मानिसहरूले मानिस कहिल्यै मर्दैन तर आराम गर्छ भन्ने विश्वास गर्छन् । माया गर्नेले कहिल्यै साथ छोड्दैन । साना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैमा यस्तो हुन्छ ।



