🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रबिसहितलाई प्रतिबादी बनाएर काठमाडाैं प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौं । कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेलगायतका बिरूद्दमा अदालतमा बसह चलिरहदाँ काठमाडौंमा पनि मुद्दा प्रकिया अघि बढने भएको छ । 

कालिमाटी, काठमाडौंस्थित रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे लामिछानेसहित अन्य आरोपी माथीको अनुसन्धान सकेर प्रहरीले आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको हो ।

प्रहरी प्रतिवेदनअनुसार स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गरेर अनुसन्धान प्रतिबेदन बुझाएको हो । सो सहकारीको रकम हिनामिना भएको ठहर गर्दै लामिछानेसहित ४४ जनासँग १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपितहरु लामिछाने, गोर्खा मिडियाका पूर्व सञ्चालक एवं नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, सहकारीका कोषाध्यक्ष कुमार रम्तेललगायत ५ जना अहिले प्रहरी हिरासतमा थुनामा छन्, थप केही भने अझै फरार छन ।

पोखरामा थुनछेक र जवाफी बहस चलिरहदाँ पक्राउ नपरेका अन्य प्रतिवादीलाई फरार सूचीमा राखेर प्रहरीले प्रतिवेदन पेश गरेको जनाइएको छ । लामिछानेसहितलाई कास्कीमा झै काठमाडौंमा पनि सहकारी ठगी, किर्ते र संगठित अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको बुझिएको छ ।