🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कीर्ते हस्ताक्षर गरेको उजुरी अख्तियारद्वारा छानबिन

सप्तरी, २९ असोज  सप्तरीको प्रसवनी–४ मा पुल निर्माणसम्बन्धी गठित उपभोक्ता समितिका पदाधिकारीद्वारा चेकमा कीर्ते हस्ताक्षर गरी राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट गैरकानूनीरूपमा रकम झिकेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा छानबिन गर्न माग गरिएको छ ।

सप्तरीको कुष्णसवरण गाउँपालिका–४ स्थित कलिया खोलामा पुल निर्माणका लागि गठित कलिया खोला पुल उपभोक्ता समितिका अध्यक्ष वैद्यनाथ यादव र कोषाध्यक्ष उमदादेवी यादवले चेकमा सचिवको नक्कली हस्ताक्षर गरी रकम झिकेको विषयमा छानबिन गर्न माग गरिएको हो ।

सो समितिका सचिव देवनारायण यादवले समितिका अध्यक्ष वैद्यनाथ र कोषाध्यक्ष उमदादेवीले चेकमा आफ्नो कीर्ते हस्ताक्षर गरी रकम झिकेको आरोपसहित अख्तियारमा लिखित उजुरी दिएको बताए  ।

पुल निर्माणका लागि समितिका अध्यक्ष, कोषाध्यक्ष तथा सचिवको संयुक्त खाता रहेको बताइएको छ ।

पुल निर्माणमा अनियमितता र गुणस्तरहीन सामान प्रयोग गरेको र पुल निर्माणको बिल धेरै बनाएकाले सचिवले चेकमा हस्ताक्षर गर्न नमानेपछि अध्यक्ष तथा कोषाध्यक्षले किर्ते हस्ताक्षर गरी राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट रु छ लाख ५५ हजार ४३१ झिकेको सचिव देवनारायणको आरोेप छ ।

सो सम्बन्धमा कारबाहीका लागि इटहरीस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला समन्वय समिति सप्तरीमा छानबिन गर्नका लागि माग गरिएको हो ।

करिब रु १३ लाखको लागतमा निर्माण भएको सो पुल निर्माण भएको एक महिना नपुग्दै भत्किन थालेको स्थानीय बासिन्दाको भनाइ छ ।

रु १३ लाखको लागतमा निर्माण भएको उपभोक्ता समितिको दाबी भए पनि सो पुल निर्माणमा रु पाँच लाख पनि खर्च नभएको सचिव यादवको दाबी छ । जिल्ला समन्वय समिति सप्तरीका स्थानीय विकास अधिकारी सुदेव पोखरेलको निर्देशनमा सो पुल निर्माण भएको थियो ।

यसैबीच अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरी, पूर्वाञ्चलका प्रमुख कालीप्रसाद पराजुलीले सो उजुरीका आधारमा छानबिन शुरु गरिएको राससलाई बताए  ।
–रासस