🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जुम्लाको हिमामा बालविवाह मुक्त ४ वडा घोषणा

जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा रहेका ४ वडा बालविवाह मुक्त घोषणा भएका छन् । बुधबार मात्र हिमागाँउपालिकाको ५ नं वडा बस्तीहरुमा बालविवाह मुक्त घोषणा भएपछि जम्मा ४ वडा बालविवाह मुक्त घोषणा भएका छन् । 

बुधबार जनचेतना मुलक कार्यक्रम आयोजना गरी हिमा वडा नम्बर ५ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको हो  ।

‘विहेबारी २० वर्ष पारि, हामी सबैको ऐक्यबद्धता, बाल विवाह मुक्त हिमा गाउँपालिकाको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ हिमा गाउँपालिका–५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।  स्थानीय सरकारले २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने भन्दै उक्त वडालाई बुधबार बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । हिमा गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण बहादुर शाहीको प्रमख आतिथ्यमा वडालाई हिमाको चौथो बाल विवाह मुक्त वडा घोषणा गरिएको छ ।

बालविवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागु, बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बालअधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको हिमागाउँपालिका वडा नम्बर ५ का वडा अध्क्षय कालो शाहीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बालविवाह मुक्त अभियानमा स्थानीय सरकारसँगै सरोकारवाला निकाय र स्थानीय गैरसरकारी संस्थाले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताए । उनका अनुसार आगामी दिनमा यस वडामा बालविवाह गरेको पाइएमा कानुनको दायरामा ल्याउने र तोकेको दण्ड पनि गर्ने बताए ।  यस अभियानमा साथ दिने सङ्घ संस्थाहरूलाई धन्यवाद दिँदै बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने बताए । अहिलेसम्म पालिका भित्र रहेका ५,१,२,३ नम्बर वडा बालविवाह मुक्त वडा घोषणा भई सकेका छन् भने अब ४,६र ७ वडाहरु बालबिवाह मुक्त घोषणा गर्न बाँकी  छन् ।

बालविवाह मुक्त वडा घोषणा गर्ने क्रममा सहयोग गर्ने संघ सस्था,पालिकाका कर्मचारी ,स्थानिय नागरीकहरुलाई सम्मान तथा कदर प्रमाण पत्रबाट सम्मान गर्नुका साथै कार्यक्रममा देउडा ,नाटक,लगायत बिभिन्न सन्देश मुलक सन्देश सहित बालबिवाह मुक्त वडा घोषणा गरेको समेत पालिकाले बताएको छ । 

जुम्लामा रहेका ८ स्थानिय तहमा रहेका ६० वडाहरुमध्ये अहिलेसम्म १२ वडा बालविवाह मुक्त वडा घोषणा भएका छन् ।