🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बलिउडका हिट–फ्लप बाउ–छोराको जोडी

काठमाडौं, ११ माघ : बलिउडमा यसलाई संयोग मान्ने कि अरु केही नै । यहाँ कसैले नसोचेको र नचाहेको हुने गर्दछ ।  

खाशमा बलिउडमा यस्ता बाबु र छोराको जोडी छ, जहाँ बाबुहरु सुपरहिट छन् भने छोराहरु सुपरफ्लप सावित भएका छन् । बलिउडमा सुरुवातदेखि नै यस्तो हुँदै आइरहेको छ । आउनुहोस् आज कुरा गरौं ती ५ सुपरहिट बुबा र सुपरफ्लप छोराहरुको बारेमा जसलाई बलिउडले सधैं सम्झिरहनेछ । 

बलिउडमा अहिले पनि ३० सालदेखि आफ्नो एक्टिङले दर्शकको मन जितिरहेका अभिनेता मिथुन चक्रवर्तीका छोरा हुन्, महाक्क्षय (मिमोह) । मिमोहले सन् २००८ मा फिल्म 'जिम्मी' बाट बलिउडमा पाइला टेकेका थिए । तर त्यो फिल्म बलिउडमा सुपरफ्लप हुन पुग्यो । 

\"\"

यसपछि मिमोहले फिल्म 'हन्टेड', 'रकी' ' इश्कदरिया' र कमेडी फिल्म 'तुक्का फिट' मा अभिनय गरेका थिए । तर दुःखको कुरा उनको एउटा पनि फिल्म हिट हुन सकेन र निर्मातालाई उनीमाथि पैसा लगाउन डराए । 

बलिउडमा फरदीन खानको ह्यान्डसमनेसलाई लिएर खुब चर्चा हुने गर्दछ । तीनै ह्यान्डम छोराका बाबु हुन्, अभिनेता फिरोज खान । फरदीन खानको पनि फिल्मी यात्रा राम्रो हुन सकेन । उनले सन् १९९८ मा आएको फिल्म 'प्रेम अग्न' बाट बलिउडमा इन्ट्री मारेका थिए । 

\"\"

पछिल्लो पटक फरदीनले सने २०१० मा आएको फिल्म 'दुल्हा मिल गया' मा अभिनय गरेका थिए । यसले पनि बक्स अफिसमा कमाल गर्न सकेन । पछिल्लो समय फरदीन खान आफ्नो बढ्दो तौलका कारण पनि सोसल मिडियामा ट्रोलको शिकार भएका थिए । 

यो सूचिमा कुरा गरौं, ७० को दशकमा ह्यान्डसम हंकको रुपमा चिनिएका अभिनेता विनोद खन्नाको । आज विनोद खन्ना हामी माझ छैनन् तर आज पनि उनको फिल्मले दर्शकको मन छुने गरेको छ । उनको हिट लिस्टमा एक से एक सुपरहिट फिल्म सामेल छन् । 

\"\"

विनोदले कयौं फिल्ममा खलनायकको भूमिका निभाएर पनि सुपरहिट सावित भएका थिए । अब कुरा गरौं उनका २ छोरा अक्षय र राहुल खन्नाको । अक्षयले त एकसमय केही फिल्ममा सह्रानीय काम गरेका थिए तर राहुललाई आज पनि कसैले चिन्दैनन् । 

अभिनेता राजेन्द्र कुमार राज कपूर, धर्मेन्द्र र दिलीप कुमारको समयका सुपरहिट एक्टर हुन् । राजेन्द्रले फिल्मी करियरमा एक से एक हिट फिल्म दिएका थिए । आज पनि उनका फिल्मका गाना सबैको मुखमा झुन्डिएको छ । बलिउड फिल्म जगत्को सबैभन्दा प्रभावशाली र प्रतिष्ठित फिल्म 'मदर इन्डिया' मा राजेन्द्रको अभिनयले दर्शकहरु उनको फ्यान भएका थिए । 

\"\"

तर उनको छोरा कुमार गौरव (मनोज तुली) को फिल्मी करियर भने डामाडोल नै भयो । यद्दपि सन् १९८१ मा आएको डेब्यू फिल्म 'लव स्टोरी' ले त कमाल नै गरेको थियो । तर यसपछि उनको लगातार फ्लप फिल्मका कारण करियर नै डुब्न पुग्यो । 

यो सूचिको अन्तिममा कुरा गरौं, महानायक अर्थात् अमिताभ बच्चनको । बलिउड फिल्म उद्योगका बीग बी को सफलताका कुरा गर्दा जति चर्चा गरेपनि कम हुन्छ । उनको स्टारडम यति उचाइको थियो कि जसलाई शब्द भन्न सकिन्न । 

\"\"

तर यिनै महानायकका छोरा अभिषेक बच्चन भने बलिउडमा फ्लप सावित छन् । यदाकदा सहायक भूमिकामा चर्चित भएपनि उनको फिल्मले त्यति कमाल गर्न सकेको छैन । (एजेन्सी)