🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेस सत्ताहरण भएको एउटा मुडमा देखिन्छ 

 ० राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट पास भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसलाई अस्वभाविक कदम भनेको छ । यसबारे तपाईंको धारणा के छ ?

–विधेयक पारित मात्रै मूल प्रश्न हो भन्ने मलाई लाग्दैन । योभन्दा पनि गम्भीर प्रश्नहरु यसमा अन्तरनिहीत छन् जस्तो मलाई लाग्छ ।

० गम्भीर विषय अन्तरनिहित छन् भन्नुभयो । त्यस्ता गम्भीर विषयचाहिँ के–के हुन् ?

–मुलुकमा नयाँ संविधानको अभ्यास भइरहेको छ । सत्तापक्ष र प्रतिपक्षबीच कस्तो सम्बन्ध हुने भन्ने विषयमा मूलतः यो जोडिएको छ । राजनीतिलाई यसले सहमति र समझदारीतर्फ भन्दा पनि मुठभेडतर्फ डोहो¥याइरहेको छ । नेपालमा एउटा अप्रिय अध्याय यसले उद्घाटन गरेको छ ।

० अप्रिय अध्याय उद्घाटन गरेको छ भन्नुभयो । त्यो भनेको के हो ?

–दुई तिहाइको सत्तापक्ष निकै नै सशक्त छ । तर, कांग्रेस निकै नै कमजोर छ । कांग्रेस प्रस्तुति र प्रभावकारितामा प्रतिपक्ष निम्छरो देखिएको छ । दुई तिहाइको सरकार र पार्टी संसदीय लोकतान्त्रिक अभ्यास, दर्शन र त्यसको मान्यताप्रति प्रतिबद्ध छैनन् । त्यसप्रति उसको लगानी पनि छैन । कांग्रेस लोकतान्त्रिक अभ्यास, दर्शन र त्यसको मान्यताप्रति प्रतिबद्ध पार्टी हो । तर, त्यसमा अभ्यस्त कांग्रेस सत्ताहरण भएको एउटा मुडमा देखिन्छ । त्यसकारण यो विधेयक एउटा निमित्त मात्रै भएर आएको छ । मेरो विचारमा यसले राजनीतिको दिशा निर्धारण गरिरहेको छ ।

० चिकित्सा विधेयकमा प्रतिपक्षले पनि सहयोग गर्नुपथ्र्यो । प्रतिपक्षले संसद्लाई यसरी बन्धी बनाउन मिल्छ ? यो संसदीय संस्कार विपरीत भएन ?

–फुटबलमा ११ जना खेलाडी हुन्छन् । उनीहरु सबैको सीमा र भूमिका निर्धारण गरिएको हुन्छ । संसदीय अभ्यासमा पनि सबैका सीमा र दायराहरु हुन्छन् । तर, यहाँ सत्तापक्ष र प्रतिपक्ष कोही पनि नियममा बसेका छैनन् । अध्यक्षता गर्नेले पनि दुवै पक्षबाट सहयोग पाउनु भएनजस्तो मलाई लाग्छ । कुनै विधेयक पास गर्ने सरकारको अधिकारलाई कसैले पनि प्रश्न गर्दैन । म त झन् गर्दै गर्दिनँ ।

० विधेयक पास भएसँगै कांग्रेस निकै रुष्ट देखिएको छ । उसको भनाइ छ– प्रतिपक्षले दम्भ देखायो । यो संसदीय परम्पराविपरीत भयो । तपाईंको विचारमा कांग्रेसको यो दाबी गलत छ उसो भए ?

–विधेयक पास गर्ने काम सरकारको हो, यसमा दुई मत छँदै छैन । जब अत्यन्त सार्वजनिक सरोकारको विषय हुन्छ, त्यहाँ छलफल गर्नुपर्छ । विचार–विमर्श गर्नुपर्छ । तर, सत्तापक्षले केही गरेनन् । हामी देखिरहेका छौं,  यही विधेयकलाई लिएर गोविन्द केसी अनशन बसिरहनु भएको छ । यसले यो विषयलाई राष्ट्रिय सरोकारको विषय बनाएको छ । यसलाई कसैले पनि नजरअन्दाज गर्न मिल्दैन । अझ सरकार त यसमा गम्भीर हुनुपर्दथ्यो । प्रतिपक्षलगायतका सरोकारवालाहरुसँग छलफल गर्नु सरकारको दायित्व हुन आउदथ्यो । तर, सरकारमा त्यो देखिएन । पास गर्नका लागि विधेयक पास गरेको देखियो । मेरो विचारमा सरकारको यो कदमले द्वन्द्वलाई निम्ता गरिरहेको छ ।

० आवश्यक छलफल भएन । सत्तापक्ष र सरकार अलि कडा भयो भन्ने तर्क तपाईंले गर्नुभयो । तर, यो विधेयकमाथि विभिन्न समितिमा छलफल भए । मतदानसमेत भए । योभन्दा बढी सत्तापक्ष र सरकारले के गर्न सक्छन् र ?

–मेरो भनाइको आशय सरकारले विधेयक अघि बढाउन पाउँदैन, हुँदैनथ्यो भन्ने बिलकुल होइन । पाउँछ । तर, मात्रै तरिका पुगेन भन्ने मात्रै मेरो भनाइ हो ।

० कस्तो तरिका ?

–एउटा स्टेजमा पुगेपछि सत्तापक्ष अघि बढ्नुपर्छ । प्रतिपक्ष र अनशनकारीलाई सत्तापक्षले पर्खिरहनुपर्छ भन्ने मेरो आशय होइन । तर, यसको पनि समय हुन्छ, शिष्टता हुन्छ ।

० शिष्टता र समय मिलाएको भए हुन्थ्यो भन्ने तपाईंको भनाइ ?

–हो, सत्तापक्षले समय र शिष्टता केही पनि निर्वाह गरेका छैनन् । सत्ता जे चाहन्छ, त्यही गर्छ भन्ने सन्देश अहिले गइरहेको छ । यो गलत मात्रै होइन, बिडम्बनापूर्ण छ । यसले कसैको पनि फाइदा हुँदैन । नोक्सानी मात्रै हुन्छ ।

० प्रतिपक्ष पनि त चुकेका छन् नि होइन ?

–प्रतिपक्षलाई पनि म लाचार देख्छु । सबैभन्दा पहिले त प्रतिपक्ष दलका नेताहरु आएर संसद्मा बस्नुपर्दथ्यो । डट्नुपर्दथ्यो । तर त्यसो भएन । मलाई लाग्छ, उहाँहरुको अनुपस्थिति सबैभन्दा घातक भइरहेको छ ।

० प्रसंग थोरौ बदलौं । तपाईंले अहिलेको सत्तारुढ दलको संसद्प्रति लगानी र अभ्यास छैन भन्नुभयो । तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन तपाईंको ठूलो भूमिका थियो । अहिले भन्दै हुनुहुन्छ कि यी दलहरुमा संसदीय व्यवस्थाप्रति इमान्दारिता छैन । विश्वासमा लिएर भीरमै पु¥याए भन्ने तपाईंको निष्कर्ष हो ?

– यो प्रश्न नै अप्रासांगिक  र गलत छ ।

० तर, तपाईं पनि गएको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार भएर भक्तपुरबाट चुनाव लडेको व्यक्ति हो नि त ?

–हो, म गएको प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार भएको हुँ । डेमोक्र्याट भएर जिम्मा लिन सक्छु । तर, पार्टीको केही पनि जिम्मा लिन सक्दिनँ ।

० वामपन्थीसँग सहकार्य गरेर यहाँसम्म आउनु गल्ती थियो भन्ने तपाईंको बुझाइ हो ?

–विगतमा द्वन्द्वको समाधान गर्न लागियो । तर म विगतका ती राजनीतिक निर्णयबारे कमेन्ट गर्दिनँ । तर केचाहिँ भन्न चाहन्छु भने हामी सबैको गल्तीले यो स्थानमा आएका छौं । अब यो कुरा महसुस गरेर त्यसलाई सुधार्नेतर्फ सबैले ध्यान दिनुपर्छ । यो नै अहिलेको आवश्यकता हो ।

० सबैको गल्ती भयो भन्नुभयो । सच्याउने ठाउँ पनि त होला नि ?

–संविधान आएपछि सच्याउने ठाउँ प्रशस्त । तर संविधानलाई नाघेर सत्ताको मात्रै प्रयोग गर्ने प्रवृत्ति सत्तापक्षमा देखिएको छ । प्रतिपक्षमा पनि समस्या छ । सत्तालाई कसरी हुन्छ, अप्ठ्यारो पार्ने ठाउँ प्रतिपक्षले खोजिरहेका छन् । यी दुवै प्रवृत्ति गलत छन् । दुवैले आफ्नो भूमिका सही ढंगले निर्वाह गर्नुपर्छ ।

 ० भनेपछि दुवैको भूमिका संविधान सम्मत छैन ?

–हो, दुवैको भूमिका संविधानसम्मत देखिरहेको छैन ।