🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा

तानसेन (पाल्पा), २० फागुनः जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन  र वडा नंं २ को लेक सामुदायिक वनमा डढेलो लागेको छ । आज अपराह्नदेखि लागेको आगो निभाउने प्रयास जारी रहे पनि पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको रिब्दीकोट गाउँपालिका–१, ख्याहाका वडाध्यक्ष चीरञ्जीवी पोखरेलले जानकारी दिनुभयो । 

आगो नियन्त्रण नहुँदा ख्याहाको गैरीगाउँ र देउरालीको डम्बक, लघुवा गाउँ जोखिममा रहेको उहाँले जानकारी दिनुभयो । यहाँ सल्लाको जङ्गल भएकाले आगोले उग्र रूप लिएको छ । डढेलो नियन्त्रणका लागि तानसेन नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, सब–डिभिजन वन कार्यालयका कर्मचारी, स्थानीय बासिन्दा र  जनप्रतिनिधि खटिएका छन् । 

दुई वटा सामुदायिक वनको करिब १० हेक्टर डढेलोले सखाप पारिसकेको डिभिजन वन कार्यालयले जनाएको छ ।