🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वीरमा दोहोरी र ब्ल्याक लेबल आतंक 

काठमाडौं । नेपालको सबैभन्दा पुरानो र ठूलो वीर अस्पतालमा भ्रष्टाचार झ्न झन् बढेको छ । देशको पुरानो अस्पताल भ्रष्टाचारका कारण जर्जर बनेको छ । 

२०६३ सालमा स्वायत्त भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अहिले संकटमा पर्दै गएको छ । न्याम्सका उपकुलपति गणेश गुरुङ, मेडिल रेकर्डर सेवा आयोगका सचिव लक्ष्मण अर्याल, खरिद इकाइकी स्टाफ नर्स भगवती थपलियालगायतको समूहले आफू खुसी कर्मचारीको सरुवा÷बढुवा, नियुक्ति, ठेक्कापट्टा टेण्डर निकाल्ने मात्र संगीन आरोपमा जेलमा रहेकाहरूलाई बचाउन उद्दत छ । यो समूहले संगीन आरोप लागेकाहरूलाई नक्कली कागज बनाएर बचाउने काम गरेको छ । 
वीरको बारेमा स्वास्थ्य मन्त्रालयमा परेको उजुरीसहित उपकुलपतिलाई सुधारका लागि निर्देशन दिएपनि गुरुङको समूह भने अस्पतालको सुधारमा ध्यान दिन सकेको छैन । बलात्कारको आरोप लागेकालाई जोगाउन अस्पताको किर्ते कागज बनाई अदालतमा पेश गर्ने लक्ष्मण अर्याललाई समेत गुरुङले नै जोगाइरहेको आरोप छ । अर्यालले सेवा आयोगको सचिव भएर विभिन्न पदको परीक्षा लिंदा समेत परीक्षार्थीहरूसँग मोटो रकम लिई उत्तरपुस्तिका नै परिवर्तन गरी करोडौं अनियमितता गरेको यस अघि नै खुलिसकेको छ । 
 

शाखा अधिकृत र उपसचिव जस्ता पद पनि उनीहरूले नियुक्ति गरेका छन् । उनीहरूले वीर र ट्रमा सेन्टरमा मनपरी नर्स र कर्मचारी भर्ना गरेका छन् । अख्तियार र लोकसेवा आयोगले पनि नियम विपरीत भन्दा पनि उनीहरूले टेरेका छैनन् । नर्स थपलियाले नियम विपरीत ठेक्कापट्टा स्वीकृत गर्ने, आफूलाई कमिसन नदिने फर्मलाई ठेक्का परेमा ठेक्का नै रद्द गर्ने, करोडौं रुपैयाँ कम भएर ठेक्का पर्दा पनि बढी मूल्य हुनेलाई ठेक्का दिलाउने, रजिस्टारलाई जनकारी नै नदिई र उनको सहमतिबिना नै करोडौंको टेण्डर स्वीकृत गर्ने, भूकम्पको समयमा औषधी खरिद गर्दा आफू निकटसँग सयौं गुणा बढी मूल्य राखेर खरीद गरी अनियमितता गर्दा समेत उनीमाथि कुनै कारबाही हुननसकेको छैन । उपकुलपति गुरुङको आशीर्वाद पाएकी थपलियाले भूकम्पको समयमा अनुदानमा आएको विभिन्न उपकरण र औषधीहरू हिनामिना गरेको वीर अस्पताल स्रोत बताउँछ । भगवती र उनको एक समूह जो बिकास समितिकै हुन उनीहरू न्याम्स नै डुबाउन लागेका छन् । 

ठेक्कापट्टा शाखाका एक कर्मचारी भन्छन्–‘हामी मूर्ति मात्र भएका छौं, सबै काम गुरुङको निर्देशनमा भगवतीले गर्दै आएकी छन् ।’ कर्मचारीहरू यसबारेमा गुनासो गर्न जाँदा सरुवा गर्ने र स्पष्टीकरण सोध्ने जस्ता कार्यहरू हुँदै आएका छन् । यही समूहका कारण वीर अस्पताल लथालिंग भएको भन्दै कर्मचारीहरू आजित बनेका छन् । त्यसैले वीरका केही कर्मचारीहरूले स्वास्थ्य मन्त्रालय, अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र जस्ता निकायमा उजुरी समेत दिइसकेका छन् । वीरको लेखा शाखा त झन् खत्तम छ । एकजना पीडित ब्यापारी भन्छन् अस्पतालमा दिएको सामानको भुक्तानी लिन जाँदा लेखा शाखा बिभिन्न बाहाना बनाएर भुक्तानी रोक्छ । उनीहरूलाई दैनिक खाजा खुवाउन पर्छ । प्रत्येक शुक्रवार राति ठमेलमा दोहोरी र डान्स लानुपर्छ । दशैंमा खसी र ब्ल्याक लेबल दिनुपर्छ । अब तिहार आयो के माग्ने हुन तनाव भइसक्यो ।