🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इलामको चिया अवलोकन गर्दै चिनियाँ उच्च अधिकारीहरूको टोली(तस्बिरसहित)

इलाम, ३ चैत । नेपालस्थित चिनियाँ राजदूतावासका उच्च अधिकारीहरूको टोलीले आज इलामको प्रसिद्ध चिया बगान तथा चिया उद्योगको अवलोकन गरेको छ । 

टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न यो भ्रमण नेपाल-चीन व्यापारिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले गरिएको थियो ।

\"\"

\"\"
नगर प्रमुख केदार थापाले चिनियाँ प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल-चीन सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र व्यापारिक रूपमा गहिरो रहँदै आएको बताए । उनले झन्डै १५० वर्षअघि चीनबाट ल्याइएका चिया बीउबाट नेपालमा चिया खेती सुरु भएको उल्लेख गर्दै, नेपाली चियाले अहिले अन्तर्राष्ट्रिय पहिचान बनाउँदै लगेको बताए । साथै, चियाले दुई देशबीचको आत्मीय सम्बन्धलाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको उनको धारणा थियो ।

\"\"

\"\"

टी एलायन्स अफ नेपालका प्रतिनिधिहरूले नेपाल-चीन चिया व्यापार प्रवर्द्धनका लागि सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । उनीहरूले सन् २०२४ डिसेम्बरमा चीन सरकारको वाणिज्य मन्त्रालय र झाङझोउ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीले आयोजना गरेको विशेष चिया तालिमको प्रभावबारे जानकारी गराउँदै, यसले नेपाली चिया व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन ठूलो मद्दत पुगेको बताए ।

\"\"

यस अवसरमा टी एलायन्स अफ नेपालले चियाको स्वाद परीक्षण (टी टेस्टीङ) कार्यक्रम आयोजना गरी चिनियाँ अतिथिहरूलाई नेपाली चियाका विभिन्न स्वाद अनुभव गराउने अवसर प्रदान गर्यो । इलाम उद्योग वाणिज्य संघका अध्यक्षले नेपाली चिया उद्योगको प्रवर्द्धनमा यस्ता भ्रमणहरू महत्वपूर्ण रहेको बताउँदै, टी एलायन्स अफ नेपाललाई सफल भविष्यको शुभकामना दिए ।

यस भ्रमणले नेपाल-चीन सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ । साथै, कृषि तथा व्यापारिक क्षेत्रमा थप सहकार्यका सम्भावनाहरू पहिचान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।