🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्र बैंकको नयाँ गभर्नर को ?  सत्ता गठबन्धनभित्र कसरत तीव्र

काठमाडौं । कोभिड–१९ पछिको आर्थिक संकटबाट अझै उबरिन नसकेको नेपालले अब उठ्ने कि थप संकटमा फस्ने भन्ने चिन्ताले आर्थिक क्षेत्रलाई पिरोलेको छ । यस्ताे दयनीय  आर्थिक  अवस्थालाई राहत प्रदान गर्ने नेपाल राष्ट्र बैंकको नेतृत्व कसले गर्ने भन्ने विषयमा सत्तारूढ दलहरूबीच चर्को रस्साकस्सी सुरु भएको छ ।

वामपन्थीको लामो नेतृत्व 
अब ‘डेमोक्रेट’को पालो ?

नेपाल राष्ट्र बैंकको नेतृत्व लामो समयदेखि वामपन्थीहरूकै हातमा रहेको भन्दै नेपाली कांग्रेसले अब आर्थिक पुनरुत्थानका लागि आफ्ना विचार मिल्ने व्यक्तिलाई गभर्नर बनाउनुपर्ने अडान लिएको छ । कांग्रेसका उच्च नेताहरूले राष्ट्र बैंकमा ‘डेमोक्रेटिक हस्तक्षेप’ आवश्यक रहेको भन्दै सरकारसँग कुरा राख्न थालेको स्रोत बताउँछ ।

तर, सत्ताको नेतृत्वमा रहेको एमालेले भने सरकारको नीति तथा कार्यक्रम आफूले निर्धारण गर्ने भएकाले राष्ट्र बैंकको नेतृत्व पनि आफ्नो दलका निकट व्यक्तिलाई दिनुपर्ने दाबी गरेको छ ।

गभर्नरको कुर्सीका लागि शक्ति संघर्ष

राष्ट्र बैंकको आगामी १९औं गभर्नर नियुक्तिका लागि विभिन्न शक्तिकेन्द्रहरूले आफ्ना उम्मेदवार अघि सारेका छन् । स्रोतका अनुसार, केही उद्योगपति, बैंकर, उद्यमी, र बिचौलियाहरू आ–आफ्ना उम्मेदवार अघि सारेर दबाब सिर्जना गरिरहेका छन् ।
विश्वस्त स्रोतका अनुसार सम्भावित उम्मेदवारहरूमा निम्न नाम चर्चामा छन् :

० नेपाली कांग्रेसः

महामन्त्री गगन थापाले रामेश्वर खनाललाई अघि सारेका छन् ।

गृह मन्त्री रमेश लेखकले सुदूरपश्चिमको नाताले डा. गुणाकर भट्टको पक्षमा लबिङ गरिरहेका छन् ।

० व्यापारी र बिचौलिया समूहः

उद्योगपति विनोद चौधरीले ज्ञानेन्द्र ढुंगानालाई अघि सारेका छन् ।

बिचौलिया दीपक भट्टले दाजु सुशील भट्ट र नीलम ढुंगानालाई सिफारिस गरेकाे चर्चा छ ।

० एमालेः

एमालेले डा. शिवराज अधिकारी र डा. प्रकाश कुमार श्रेष्ठ जस्ता योग्य व्यक्तिलाई मुख्य दावेदारको रूपमा राखेको छ ।

० स्वतन्त्र अर्थविद्ः

कुनै दलले नबोकेका निष्कलंक अर्थविद् डा. रविन्द्र पाण्डे, जो राष्ट्र बैंकका सञ्चालक समेत हुन् र मौद्रिक नीतिमा पीएचडी गरेका छन्, पनि गभर्नरका लागि योग्य दावेदार मानिन्छन् ।

गभर्नर चयनः 
योग्यताका आधारमा कि भागबण्डा ?

हाल नेपाल ‘ग्रे लिस्ट’ मा परेको छ । वित्तीय क्षेत्रलाई थप अस्थिर हुन नदिन र देशको अर्थतन्त्रलाई जोगाउन सत्तारूढ दलहरूले भागबण्डा होइन, एक निष्कलंक, योग्य, र अनुभवी अर्थविद्लाई गभर्नर बनाउनुपर्छ भन्ने आवाज बलियो बन्दै गएको छ ।

अब प्रश्न उब्जिएको छ-नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर भागबण्डाको शिकार हुन्छ कि अर्थतन्त्रलाई जोगाउने ‘धुरन्धर’ अर्थविद् चयन हुन्छ ? निर्णय गर्ने जिम्मेवारी सत्तारूढ दलहरूको काँधमा रहेको छ ।