🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महासचिवले नै छाडे प्रभु साहलाई

काठमाडौं। नेकपा एमालेसँग बिद्रोह गरेर नयाँ पार्टी खोलेका प्रभु साहलाई उनका सहयात्रीहरूले धमाधम छाडदै जान थालेका छन् ।

कर प्रणाली र दलीय तन्त्रको बिरोध गर्दै आएका आम जनता पार्टीबाट उनका महासचिव उपेन्द्र साहले आज साथ छाडेको घोषणा गरेका हुन् ।

‘राष्ट्रिय अध्यक्ष प्रभु साहसँग भएको लामो सहयात्राको लागि उहाँलाई बिशेष  धन्यवाद  दिन चाहन्छु, उहाँको पार्टीले प्रगति  गरोस्  हार्दिक  शुभकामना  छ’ उनले सामाजिक सञ्जालवाट राजिनामा बुझाएको जानकारी दिदैँ भनेका छन, ‘आजको मिति देखि म पार्टिको कुनै पनि सांगठनिक जिम्मेवारीमा नरहेको सबैमा जानकारी गराउँदछु।’

यसअघि साहलाई बरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद न्यौपाने, सांसद किरण साह, प्रदेश सांसद कुन्दन कुशवाहलगायत धेरै नेताले छाडेका छन् ।