🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सत्र वर्षअघि हत्या गरी साधुको भेषमा लुकेका अभियुक्त पक्राउ

पर्सा, चैत २६ –सत्र वर्षअघि भएको एक हत्या घटनामा फरार रहेका अभियुक्त लोकनाथ साह तेली अन्ततः पर्सा प्रहरीले पक्राउ गरेको छ। हत्या गरेर फरार भएका उनी भारतको चम्पारणस्थित एक मन्दिरमा साधुको भेषमा लुकी बसेका थिए।

 २०६४ साल वैशाख २५ गते, पर्सा जिल्लाको बहुअर्वाभाठा–५ निवासी ढोडा मुखिया विनको गोली हानी हत्या गरिएको थियो। घटना पश्चात फरार रहेका लोकनाथ साह तेलीले पीडितलाई जग्गा सम्बन्धी विवादमा छलफल गर्न बोलाई योजनाबद्ध रूपमा हत्या गरेका थिए।

सर्वोच्च अदालतले २०६९ साल कात्तिक २४ गतेको फैसलामा साहलाई सर्वस्वसहित जन्मकैदको सजायँ सुनाएको थियो। तर फैसला लगत्तै फरार भएका उनले भारतको चम्पारण, पिपरियास्थित रामजानकी मन्दिरमा झन्डै १० वर्षदेखि पुजारीको रूपमा साधुको भेषमा बस्दै आएकाे सीआइबीका एसपी एवं  प्रवक्ता सुधिर राज शाहीले  जानकारी दिएका हुन् ।

६२ वर्षीय साह पर्सा जिल्लाको हालको विन्दवासिनी गाउँपालिका–२ का बासिन्दा हुन्। उनलाई २०८१ चैत २५ गते वीरगन्जबाट पक्राउ गरी २०८१ चैत २६ गते फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा पेश गरिएको छ।

पर्सा प्रहरीले यसलाई वर्षौं पुरानो गम्भीर फौजदारी घटनामा न्याय दिलाउने महत्वपूर्ण सफलता मानेको छ।