🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अष्ट्रेलियामा नेपाली प्रसारक तिमल्सिना पुरस्कृत

काठमाडौँ, १० जेठ : अष्ट्रेलियाको राजधानी क्यान्बेराको एफएममा नेपाली भाषाको रेडियो कार्यक्रम निर्माता तथा सञ्चालक प्रदीप तिमल्सिना पुरस्कृत हुनुभएको छ । 

अष्ट्रेलियाका भाषाभाषीहरूको प्रसारक छाता सङ्गठन नेसनल इथ्निक एन्ड मल्टिकल्चरल काउन्सिल अफ अष्ट्रेलिया (एनएमबिसी)द्वारा हरेक वर्ष प्रदान गरिने ‘कम्युनिटी इम्प्याक्ट अवार्ड २०२५’ बाट हालै उहाँलाई पुरस्कृत गरिएको हो । 

पुरस्कारका लागि अष्ट्रेलियाभरबाट विभिन्न आठ विधाबाट ५१ जना मनोनयनमा परेका थिए, जसमध्ये आफूलाई तीन विधामा मनोनयन गरिएकामा ‘कम्युनिटी इम्प्याक्ट अवार्ड’ प्रदान गरिएको तिमल्सिनाले जानकारी दिनुभयो । 

उहाँलाई उत्पादित कार्यक्रमको गुणस्तरीयता, दर्शक/स्रोतको प्रतिक्रियाको मूल्याङ्कन गरी ती सामग्रीले अष्ट्रेलियाली बहुसांस्कृतिक समुदायमा पु¥याएको सकारात्मक प्रभावका आधारमा उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ ।  

तिमल्सिनाले यो पुरस्कारले आफूलाई थप जिम्मेवारी थपिएको र  समुदायप्रति आफू अझ कर्तव्यनिष्ठ हुन उत्प्रेरणा मिलेको प्रतिक्रिया दिनुभयो ।  उहाँ सन् २००८ मा अष्ट्रेलिया गएदेखि नै अष्ट्रेलियाका सामुदायिक रेडियोमा आबद्ध हुनुहुन्छ ।