🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रोनाल्डोले क्लब विश्वकप नखेल्ने, गरे यस्तो घोषणा

काठमाडौं, २५ जेठ । क्रिष्टियानो रोनाल्डोले क्लब विश्वकपमा नखेल्ने भएका छन ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोको टूर्नामेंटमा फुटबलको सबैभन्दा ठूलो आकर्षण हुने आशालाई धक्का दिँदै उनले क्लब विश्वकप नखेल्ने घोषणा गरेका हुन् ।

पोर्चुगली फुटबल स्टारले शनिबार भने कि जुन १४ वाट सुरु हुने प्रतियोगितामा सहभागी क्लबहरूबाट धेरै प्रस्तावहरू प्राप्त गरे पनि ती मध्ये कुनै पनि स्वीकार नगर्ने निर्णय गरेको जनाए ।

रोनाल्डोले भनेका छन्,  ‘केही कुराको बारेमा कुरा गर्नु अर्थपूर्ण हुन्छ, अरु कुराले गर्दैन र एक व्यक्तिले भनेजस्तै तपाईंले सबै कुरामा भाग लिन सक्नु हुन्न ।’ ‘तपाईंले छोटो, मध्यम र दीर्घकालीन बारे सोच्नु पर्छ, यो मेरो तर्फबाट क्लब विश्वकपमा नजाने व्यावहारिक निर्णय हो, तर मैले जानेका लागि धेरै निमन्त्रणाहरू पाएको छु ।’

रोनाल्डोले स्पेनविरुद्ध पोर्चुगलको युइएफए नेसन्स लिगको फाइनल खेल्नुभन्दा एक दिनअघि म्युनिखमा बोल्दै यो धारणा सार्बजनिक गरेका हुन् । ४० वर्षीय खेलाडीले बुधबार जर्मनी विरुद्धको सेमिफाइनलमा २–१ को जित निकाल्दै १३७औं अन्तर्राष्ट्रिय गोल गर्दै पोर्चुगललाई फाइनलमा पुर्याएका थिए ।

‘यो अहिले अप्रासंगिक छ,’ रोनाल्डोले फिफा क्लब विश्वकपको बारेमा पहिलो पटक सोध्दा भने, ‘राष्ट्रिय टोली बाहेक अरु कुरा गर्नुको कुनै अर्थ छैन ।’