🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुदूरपश्चिममा विभिन्न जात्राको रौनक

बैतडी, ४ कात्तिक (रासस) : सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक शुरु भएको छ । कात्तिक शुक्ल पक्ष सुरु भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न शक्तिपीठमा जात्रा शुरु भएको हो । बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, अछाम, बाजुरा र बझाङका विभिन्न मन्दिरमा जात्रा शुरु भएको हो ।

यहाँका शक्तिपीठमा कात्तिक शुक्ल पक्षमा जात्रा तथा मेला लाग्छ । बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, पाटन नगरपालिकाको महारुद्र मन्दिर, शिवनाथ गाउँपालिकाको शिवनाथ मन्दिरमा कात्तिक शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ ।

दार्चुलाको प्रसिद्ध मालिकार्जुन मन्दिरमा कार्तिक शुक्ल चर्तुदशीका दिन भव्य जात्रा लाग्ने गर्दछ । बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर, सुर्नयाको रौलेश्वरमा रहेको भवानी मन्दिर, डडेल्धुराको उग्रतारा मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ ।

यसैगरी दार्चुलाको लेकम गाउँपालिकामा कात्तिक शुक्ल नवमीका दिन लटिनाथ मन्दिरमा भव्यरुपमा जयपुर जात्रा लाग्ने गरेको स्थानीयवासी गंगासागर जोशीले बताउनुभयो । बैतडीको पुरचौडी नगरपालिकाको हाटस्थित त्रिवेणी धाम तथा राताशिला मन्दिरमा कात्तिक शुक्ल एकादशीका दिन जात्रा लाग्छ । सुदूरपश्चिममा लाग्ने जात्रामा नेपालका साथै सीमावर्ती भारतीय दर्शनार्थीसमेत आउने गरेको स्थानीयबासी बताउँछन् ।