🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पथरी बजारमा मिनि ट्रकको ठक्करबाट महिलाको मृ त्य

मोरङ, ३० साउन । पथरी बजारमा शुक्रबार साँझ करिब ७:३० बजे नम्बर नखुलेको मिनि ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गस्थित गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि भएको उक्त दुर्घटनामा परि उपचारका लागी लैजाने क्रममा ती महिलाको मृत्यु भएको हो । मृत्यु हुने महिलाको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिए ।

स्थानीयका अनुसार मृतक महिला करिब ४० वर्षकी थिइन् र उनी बेवारिसे अवस्थामा बजार वरपर घुमफिर गर्ने गर्थिन् । प्रहरीले जनाएअनुसार ठक्कर दिने मिनि ट्रकको नम्बर खुल्न नसकेको र घटनापछि ट्रकसहित चालक फरार भएको छ ।

दुर्घटना गराई फरार भएको ट्रक र चालकको खोजी तीव्र पार्दै विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।