🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपालले वेस्ट इण्डिजलाई दियो १२३ रनको चुनौती

काठमाडौं, १४ असोजः  युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम  खेलमा नेपालले वेस्ट इण्डिजलाई एक सय २३ रनको लक्ष्य दिएको छ ।

संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आज टस हारेर  पहिला ब्याटिङ गरेको नेपालले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर १२२  रनको योगफल बनाएको हो ।

 नेपालका ओपनर कुशल भुर्तेलले ३९ रन बनाए । उनले  २९ बलमा दुई चौका र तीन छक्कासहित सर्वाधिक ३९ रन बनाए । यस्तै, कप्तान रोहित पौडेलले १९ बलमा एक छक्कासहित १७ रन बनाए भने सन्दीप जोराले १४,  कुशल मल्ल्ले १२, गुल्शन झाले १० रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङकमा रन जोड्न सकेनन् ।

वेष्ट इण्डिजका लागि रमन सिमाण्ड्सले चार  विकेट लिए भने जेडिवाह ब्लाड्सले दुई  विकेट लिए  । 

नेपालले यसअघि भएको पहिलो खेलमा वेष्टइण्डिजलाइ १९ रन र दोस्रो खेल ९० रनले पराजित गरेको  थियो ।