🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टीकापुर घटनाकाे बहस सकियाे, फैसला भाेलि

कैलाली २१ फागुन । नेपाल प्रहरीका उच्च सुरक्षा अधिकारीसहित ९ जनाको हत्या भएकाे टीकापुर घटनाका दाेषीहरुकाे बहस सकिएको कैलाली जिल्ला अदालतले जनाएकाे छ।

मंलगबार न्यायाधीश परशुराम भट्टराईको इजलाशमा वादीतर्फका दुई न्यायधिवक्ता र प्रतिवादी तर्फका ११ जना कानुन व्यवसायीहरूले बहस गरेका थिए । बहस सकिए पनि समय अभावका कारण आज फैसला हुन नसकेकाे हुदा फैसला भाेलि हुने अदालतका श्रेष्तेदार इन्द्र कठायतले जानकारी दिए ।  । 

 २०७२ भदाै ७ गते टीकापुरमा थरुहट र थारुवान संयुक्त संघर्ष समितिले गरेकाे आन्दोलनले हिंसात्मक रुपलिदा वरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक नावालककाे ज्यान गएकाे थियो । 

उक्त घटनामा संलग्न भएकाे आरोपमा ५८ जना बिरुद्ध  जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो। ती मध्ये २६ जना जेलमा छन भने बांकी फरार रहेका छन ।