🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारको साधन स्रोतबाट असम्भव : अर्थमन्त्री

रुपन्देही, १९ चैत । अर्थमन्त्री डा युवराज खतिवडाले लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारको साधन स्रोतबाट मात्र सम्भव नहुने बताएका छन । उनले त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन लुम्बिनी विकास कोष र सरकारको तर्फबाट पहल गरिने बताए ।

मंगलबार लुम्बिनीमा रासससँग कुरा गर्दै मन्त्री डा खतिवडाले तीन वर्षभित्र गुरुयोजना पूरा गर्ने लुम्बिनी विकास कोषको लक्ष्यलाई सरकारले सहयोग गर्ने बताए । यद्यपि गुरुयोजना पूरा गर्ने सबै खर्च सरकारले कोषलाई तीन वर्षभित्रै उपलब्ध गराउन नसक्ने उनले प्रष्ट पारे ।

“विश्वको ध्यान लुम्बिनीतर्फ आकर्षिक गर्न यहाँ विश्व समुदायकै सहयोग आवश्यक छ”, उनले भने । संविधानले व्यवस्था गरेअनुसार मौलिक हक कार्यान्वयनमै राज्यको ठूलो रकम खर्च हुने भएकाले पहिलो प्राथमिकता त्यसलाई दिइने मन्त्री खतिवडाको भनाइ थियो ।

मन्त्री डा खतिवडाले बारा र पर्सामा भएको हावाहुरीको घटनामा सङ्घीय सरकारको मापदण्डभन्दा पनि माथि गएर प्रदेश सरकारकाले राहत दिने घोषणा गरेकाले सङ्घीय सरकारको तर्फबाट राहतका लागि कुनै निर्णय गर्न जरुरी नदेखिएको बताए ।

उनले घाइतेको निःशुल्क उपचार र भत्किएका संरचनाको पुनःनिर्माणका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । यसअघि लुम्बिनी विकास कोषका पदाधिकारीसँगको छलफलमा मन्त्री खतिवडाले स्रोतको सीमाभित्र रहेर योजना बनाउन र विवादरहित ढङ्गले सक्रियतापूर्वक काम गर्न कोषलाई आग्रह गरे । सो अवसरमा कोषका पदाधिकारीले लुम्बिनी गुरुयोजना पूरा गर्न भइरहेका प्रयास र समस्याका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

 बौद्धधर्म र दर्शनलाई आत्मसात् गरेर अघि बढ्न सुझाव अर्थमन्त्री डा खतिवडाले बौद्धधर्म र दर्शनलाई आत्मसात् गरेर अगाडि बढ्न बौद्ध विश्वविद्यालयलाई सुझाव दिए । विश्वविद्यालयले मंगलबार लुम्बिनीमा आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले बौद्ध दर्शनको मूल मर्मलाई ओझेलमा नपार्ने गरी गतिविधि सञ्चालन गर्न आग्रह गरे ।

“कतिपय विश्वविद्यालयमा विवादका कारण शैक्षिक गुणस्तर खस्किएको छ”, उनले भने, “विश्वविद्यालयले विवादरहित ढङ्गले काम गर्नुपर्छ ।” कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्यले एउटै विधामा केन्द्रित हुँदा जनस्तरका आकांक्षा समेट्न गाह्रो भएको बताए । उनले विश्वविद्यालयका शैक्षिक क्रियाकलाप र वर्तमान अवस्थाबारे अर्थमन्त्री डा खतिवडालाई जानकारी गराए । विश्वविद्यालयमा हाल ७४१ विद्यार्थी अध्ययनरत छन् ।रासस