बंगलादेश । नेपाली यु–१९ क्रिकेट टिमले बंगलादेशको यु–१९ टिमलाई हराएको छ । तेस्रो तथा अन्तिम अभ्यास खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । एसिया कप क्रिकेटको तयारीका क्रममा बंगलादेशमा रहेको नेपालले आइतबार साभार मैदानमा भएको खेलमा टस हारेर फिल्डिङ गर्दै बंगलादेशलाई २२५ रनमा रोक्यो ।
बंगलादेशले ७ विकेटको क्षतिमा २२५ रन बनायो । अनिमुल इस्लामले अविजित रहँदै ८० रन बनाए । नेपालका लागि बहाब आलमले ३, अनिलकुमार शाहले २ र दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।
जवाफमा नेपालले ४ विकेटको क्षतिमा विजय हासिल ग¥यो । मोहम्मद आसिफ शेखको ९० तथा जितेन्द्र सिंहको ४५ रनको मद्धतले नेपाल विजयी भएको हो ।
बंगलादेशसंग खेलेका यसअघिका दुई खेल भने नेपालले हारेको थियो । नेपालले कार्तिक २३ गतेदेखि मलेसियामा हुने एसीसी युथ एसिया कप क्रिकेटमा सहभागीता जनाउँदै छ । नेपालको समूहमा टेष्ट खेल्ने राष्ट्रहरु बंगलादेश र भारतसंगै आयोजक मलेसिया रहेको छ ।



