🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानसेनापतिद्वारा निरीक्षण भ्रमण 

  काठमाडौं,  बैशाख १५ गते।  प्रधानसेनापति महारथी  पूर्णचन्द्र थापाले २०७६ वैशाख १५ गते धनुषा जिल्लाको भिमानमा रहेको तीन तले आर्टीलरी फायरिङ रेञ्जमा सञ्चालन भएको फायरिङ अभ्यास, महोत्तरी जिल्लामा नयाँ निर्माण भएको बर्दिबास सैनिक शिविरको निरीक्षण भ्रमण सम्पन्न गरेर  काठमाण्डौँ फिर्ता भएका छन्   । 

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले भिमानमा सञ्चालन भईरहेको आर्टीलरी फिल्ड फायरिङको अवलोकन, बर्दिबास सैनिक शिविरमा निर्माणाधीन भवनहरुको निरीक्षण गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए।  सोही क्रममा प्रधानसेनापति थापाले कोशी टप्पु वन्यजन्तु आरक्षको अवलोकन समेत गरेका थिए ।