🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सचिवप्रति अति नै पूर्वाग्रही  किन बने  मुख्यसचिव रेग्मी !!

काठमाडौं, २०७६ बैशाख १६ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुुसुदन अधिकारी मुख्यसचिव लोकदर्शन रेग्मीको चरम पूर्वाग्रहको शिकार भएका छन् । मुख्यसचिव रेग्मीले सचिव अधिकारीलाई विदेश भ्रमणमा नाकाबन्दी लगाइदिएका छन् । सचिव अधिकारी भौतिक मन्त्रालयमा सरुवा भएको १३ महिना पूरा भइसकेको छ । तर उनी एकपटक रेल खरीदका लागि भारत जानेबाहेक विदेश गएका छैनन् । उनलाई विदेश जान नाकाबन्दी लगाउने अरु कोही नभएर करीब १ लाख निजामती कर्मचारीको नेतृत्व गर्ने मुख्यसचिव रेग्मी नै भएको आरोप लागेको छ ।

रेग्मीको भ्रमणको स्वीकृति मन्त्रिपरिषदबाट गर्नुपर्छ । तर मुख्यसचिव रेग्मीले उनको भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत नै गर्दैनन् । उनी २०७४ चैत २३ मा भौतिक मन्त्रालयमा सरुवा भएका हुन् । उनी अहिलेसम्म एकपटक रेल खरीदको सिलसिलामा भारत गएका थिए ।

उनको त्यो भ्रमण पनि मन्त्रिपरिषदबाट स्वीकृत नगरी बेरुजु देखाउने काम मुख्यसचिव रेग्मीले गरेका छन् । जबकि भौतिक मन्त्रालयका सहसचिवहरु यो १३ महिनाको बीचमा धेरै पटक विदेश गइसकेको स्रोत बताउछ । 

 उपसचिव(डीई)देखि इन्जीनीयरसम्म पनि पनि पटक पटक विदेश जान पाए । अहिले पनि भौतिक मन्त्रालयको योजना महाशाखाका प्रमुख शिवहरि सापकोटा अष्ट्रेलिया भ्रमणमा छन् । अर्का सहसचिव गोपालप्रसाद सिग्देल भौतिक मन्त्री रघुवीर महासेठसंग चीन भ्रमणमा छन् । सिग्देल फर्किनासाथ अमेरिका जा“दैछन् । तर सचिव अधिकारीलाई भने एकपटक पनि विदेश भ्रमणको अनुमति मन्त्रिपरिषदबाट हुन नदिएर मुख्यसचिव रेग्मीले आफ्नो प्रतिशोधको ज्वाला शान्त पारिरहेको आरोप लागेको छ ।  

अत्यावश्यक काममा समेत उनले सचिव अधिकारीको भ्रमण स्वीकृत नगरी प्रतिशोध लिने काम गरेको स्रोत बताउछ ।

मुख्यसचिव रेग्मी भूमिसुधार मन्त्रालयको सचिव हुँदा मधुसुदन अधिकारी नापी विभागको महानिर्देशक थिए । त्यतिबेला रेग्मीको काम नगरेको प्रतिशोध अहिले सा“ध्ने काम भइरहेको भौतिक मन्त्रालयका एक उच्च अधिकारीले बताए । अरु सचिवहरु कतिपटक विदेश गइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. पुष्पा चौधरीको उनी जानै नपर्ने कार्यक्रममा समेत एक बर्षका बीचमा १० पटक भन्दा बढी विदेश भ्रमण स्वीकृत गर्ने मुख्यसचिव रेग्मीले भौतिक मन्त्रालयका सचिवलाई रोक्दैआएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काबिल भनेर भौतिकमा ल्याएका सचिव अधिकारीलाई उनकै मुख्यसचिवले देखाएको यो हदको पूर्वाग्रहबारे उनलाई जानकारी नभएको हो कि भएर पनि टुलुटुलु हेरेर बसेका हुन् भन्ने जिज्ञासा उच्च प्रशासकहरुबीच हुने गरेको छ । 

त्यसो त मुख्यसचिव रेग्मीले अरु मन्त्रालयका सचिवहरुसंग पनि समन्वय नगरेको आरोप छ । शेरबहादुर देउवा सरकारको पालामा आरजु देउवालाई खुसी पारी सोमलाल सुवेदीलाई मनिलामा पठाएर मुख्यसचिव भएका रेग्मीले २०७४ मा भएको निर्वाचनअघि र पछि आचारसंहिता विपरीत राजनीतिक नियुक्तिदेखि विभिन्न दूरगामी निर्णय गरेका थिए ।

निर्वाचनपछि पनि उनले देउवा सरकारको प्रस्तावमा दूरगामी महत्वका निर्णय गरे पनि प्रधानमन्त्री केपी ओलीले उनलाई नै विश्वास गर्दै पदमा आसिन गराइरहेका छन् । देउवाका पालामा उनी टीसीएनका विवादित पात्र रामचन्द्र भट्ट चन्दनेको इशारामा चल्ने गरेका थिए । अहिले पनि चन्दनेले सरुवादेखि ठेक्काको काम मुख्यसचिव रेग्मीबाट गराउँदै आएको  कर्मचारीहरुको आरोप छ।