काठमाडौं । राजनीतिज्ञले खोला नै नभएको ठाउ“मा पुल बनाउने आश्वासन बा“ड्छन् भन्ने भनाइको चरितार्थ हुनेगरी गृहमन्त्री जनार्दन शर्माले नया“ आदेश जारी गरेका छन् । उनले हालै अध्यागमन विभाग मातहतका कर्मचारीहरूलाई भेला गरेर भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय २४सै घण्टा सञ्चालन गर्न तयार रहनुस् । हाल अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजेदेखि राति १२ बजेसम्म १८ घण्टा अध्यागमन कार्यालय सञ्चालन भइरहेको छ ।
बिहान सा“ढे ६ बजेदेखि राति ११ बजेसम्मका राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान रहेकाले अहिलेसम्म दैनिक १८ घण्टा मात्र अध्यागमन कार्यालय सञ्चालन गरिएको हो । रातिका अन्तर्राष्ट्रिय उडान ढिलो हुृ“दा बाहेक बा“की ६ घण्टा न स्वदेशी उडान हुने गरेका छन् न त विदेशी नै । अध्यागमनले विदेशबाट आउने यात्रुका बारेमा बुझेर राहदानी नक्कली वा सक्कली भएको हो जा“च गरी उडान तथा आगमन स्वीकृति दिने गर्दछ । तर जब उडान नै छैन र यात्रु नै आउ“दैनन् भने सो अवधिमा अध्यागमन कार्यालय खोलेर बस्नुको औचित्य रह“दैन । त्यही पनि मन्त्री शर्माले २४ सै घण्टा अध्यागमन खोल्नुपर्ने पक्षमा बोलेर अल्पज्ञानको परिचय दिएर गृह मन्त्रालयमा हा“सो पात्र बने । २४सै घण्टा एयरपोर्ट सञ्चालन गर्नुअघि बिचार पु¥याउनु पर्ने कुरा थुप्रै छन् । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल एउटै मात्र छ र अझ यसको रन वे समेत एउटै मात्र रहेको छ । एउटा मात्र एयरपोर्ट र रन वे रह“दा केही प्राविधिक गडबडी आयो भने विमान कता जाने ? अन्तर्राष्ट्रियस्तरको अर्को एयरपोर्ट बनाउने योजना सयौंपटक सैयौ नेता र पार्टीहरूले सुनाए पनि यो अहिलेसम्म हावादारी सावित भइसकेको छ ।
अर्कातर्फ कुनै विदेशी एयरलाइन्स हप्तामा दुई उडान मात्र नेपाल गर्दै आइरहेको छ भने उसले नेपालमा थप उडान गर्ने अवस्था छ कि छैन ? विदेशी एयरलाइन्स उडान थप्न तयार भएपनि खासमा हाम्रो विमानस्थलले र रन वे ले हाल भइरहेका भन्दा बढी उडानका भार व्यहोर्न सक्छ कि सक्दैन ? अझ एउटा मात्र अन्तराएष्ट्रिय विमानस्थलको उच्च गुणस्तरको निर्माण नहुनाले बारम्बार विग्रने र मर्मत गरिरहनु पर्ने अवस्था अझै विद्यमान छ । मर्मत सम्भार उडान नभएका बेला रातको समयमा गरिंदै आइएको छ । हवाई विभागले २४ सै घण्टा कर्मचारी र प्राविधिकहरू उपलब्ध गराउन हालकै अवस्थामा सम्भव नभएको विभाग स्रोतले उल्लेख गरेको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक करीब २ सय र अन्तर्राष्ट्रिय दैनिक ४० देखि ४५ सम्म उडान हुने गरेका छन् ।
नेपालका अत्याधुनिक भनिएका र राति पनि उडान गर्नसक्ने आन्तरिक एयरलाइन्सहरूले राति ८ बजेसम्म उडान गर्दै आइरहेका छन् । अन्तर्राष्ट्रिय विमान सञ्चालकहरूले नेपालमा आउने यात्रुहरू भएमा त राति पनि उडान गर्न तयार रहलान् । नेपाल आउने अथवा जाने यात्रुहरू पर्याप्त मात्रमा नभएमा र नाफा हुने अवस्था नरहेमा उनीहरूले नेपालका मन्त्रीले बोले वा नेपालले चाहेर मात्र उडान शुरु गरिदिने भन्ने हु“दैन होला । यसका लागि सबभन्दा पहिले २४ सै घण्टा स्वदेशी वा विदेशी एयरलाइन्सहरूले नेपाल आउन वा विदेशिन चाहने यात्रुहरू पाउनु प¥यो । यात्रुहरू पर्याप्त भएमा पनि उनीहरूले मात्र चाहेर विमानस्थल सञ्चालन नहुन सक्छ । नेपालकै विमानस्थलको क्षमताले भ्याउनु प¥यो । विमानस्थलको भारवहन क्षमता पुगेपछि हवाई विभाग, नेपाल नागरिक उड्ययन प्राधिकरण पनि जनशक्ति र प्राविधिक रुपले तयार हुनुपर्छ सधैं विमानस्थल सञ्चालन हुनका लागि ।
के यी सबै तथ्यहरूको अध्ययन र अनुसन्धानपछि मात्र गृहमन्त्री शर्माले आफू मातहतका कर्मचारीलाई तयार रहनुस् भनेका हुन त ? तर गृहस्रोत भन्छ हालसम्म ती तथ्यहरूका बारेमा गृहका उच्चाधिकारीले न जान्न नै खोजेका छन् न कुनै पत्राचार नै भएको छ । गृहले त सबैतर्फबाट तयारी भएपछि कर्मचारी खटाउनेसम्मको कुरा मात्र हो । त्यसका लागि सुरक्षाकर्मीदेखि कर्मचारी खटाउन कुनै समस्या रहेको छैन । २४सै घण्टा विमानस्थल सञ्चालन हुने भएमा सम्बन्धित निकायले समन्वय गरेर यसको तयारी संयुक्त रुपमा हुने कुरा पनि गृह स्रोतले बताएको छ । हवाई विभाग, नागरिक उड्ययन प्राधिकरण, ग्राउण् हैंण्डिलि¨ गर्ने नेपाल वायुसेवा निगम, यात्रुहरू, विमानसेवा प्रदान गर्ने कम्पनीहरू नै तयार नभई हामी राहदानी जा“च्न २४ सै घण्टा एयरपोर्टमा बस्न तयार छौं भनी गृहमन्त्रालय अघि सर्नुको कुनै तुक नभएको पनि नागरिक उड्ययन प्राधिकरणका एक अधिकारी बताउ“छन् ।



