🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कञ्चलनपुरको झलारीमा प्रभु बैंकको नयाँ शाखा 

कााठमाडौं । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँगाउँमा बैंकिङ्ग पहुँच पु¥याउने क्रममा प्रभु बैंकले कञ्चलनपुर  शुक्ला फाँटा नगरपालिका वडा नं. १०, झलारीमा आजैदेखि प्रभु बैंकको झलारी शाखा कार्यालय सञ्चालनमा आएको छ । बैंकको झलारी शाखा कार्यालयको शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरबाट एक समारोहकाबीच बैंकको झलारी शाखा कार्यालय समुद्घाटन भएको थियो । 

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कञ्चनपुर जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कञ्चनपुरका पदाधिकारीहरु, विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको बैंकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथी शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिनन ठाउँमा पुगेर बैंकिङ्ग सेवाविस्तार गरेकोमा खुशी प्रकट गर्दै यस झलारी शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहजरुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको भएको बताएका थिए ।

जेठ १३ गतेदेखि सञ्चालनमा आएको बैंकको झलारी शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ÷संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले  बताएका छन् ।