🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एनआईसी बैंकका ग्राहकलाई ग्लोबल अस्पतालमा छुट

काठमाडौं, असार ३१ । ललितपुर ग्वार्काेस्थित ग्लोबल अस्पतालले एनआईसी एशिया बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीको उपचार गराउँदा विभिन्न सुविधामा १५ प्रतिशत छुट दिने भएको छ । बैंकका डिजिटल बिजनेश इन्चार्ज रौनक करवा र ग्लोबल अस्पतालका मानव संशाधन तथा वित्त विभाग प्रमुख हिमांशु झाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

आम मानिसको रुचीमा पर्दै आएको एनआईसी एशियाले देशभरी २९० शाखा कार्यालय, ३०२ एटीएम, ४७ वटा एक्स्टेन्सन काउन्टर तथा ४१ वटा शाखारहित बैंकिङरहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आइरहेको छ । एनआइसी एशिया अहिले मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक बन्न सफल बनेको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।