🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सागमा प्याराग्लाइडिङको उडान र अवतरणस्थलको खोजी

कास्की, १० साउन (रासस) : नेपालमा आगामी मङ्सीर १५ देखि २४ (१७ देखि डिसेम्बर १ देखि १० तारिक)सम्मका लागि  तय भएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा प्याराग्लाइडिङ खेलको प्रतिष्पर्धाका लागि उडान र अवतरण गरिने उपयुक्त स्थलको खोजी गरिएको छ ।

 
प्याराग्लाइडिङको प्रतिष्पर्धा पोखरामा हुने निश्चित भएकाले राष्ट्रिय खेलकूद परिषद्, पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति, जिल्लास्थित खेल सङ्घका पदाधिकारी तथा हवाई खेलकूद संस्थाका प्रतिनिधिको टोलीले बिहीबार पोखरा–१८ स्थित सराङकोटको सम्भावित स्थानको निरीक्षण गरेको हो ।

निरीक्षणपछि उडानका लागि चपाइस्थित चौतारीको खरबारी र अवतरणका लागि लेक साइडको ढल्केबार बनाउनुपर्ने प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

सागमा प्याराग्लाइडिङसहित महिला फुटबल, ट्रायथलन, आर्चरी, ह्याण्डबल, भलिबल र भारत्तोलन गरी सात खेल पोखरामा खेलाइने तय भएको छ । सराङकोटबाट हाल व्यावसायिक उडान हुँदै आएको चण्डीडाँडा तथा त्यसभन्दा करीब एक किमी पर चपाइस्थित  चौतारोको खरबारी टोलीले निरीक्षण गरेको थियो ।

परिषद्का सदस्य राजेशकुमार गुरुङले उडानका लागि चपाइको खरबारी र अवतरणका लागि ढल्केबार उपयुक्त देखिएकाले छनोट गरी राखेपमा सिफारिस गरिने बताए  । उनका अनुसार खरबारी नजिकै रहेको विद्युत्को हाइटेन्सन लाइन स्थानान्तरणका लागि विद्युत् प्राधिकरणसँग आग्रह गरिनेछ ।

हाल व्यावसायिक उडानस्थललाई विस्तार गर्न सकेको खण्डमा उपयुक्त रहे पनि  फराकिलोको हिसाबले अर्को स्थल उपयुक्त रहेको भनाइ उहाँको थियो । 

नेपाल प्याराग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र रावतले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्याराग्लाइडिङको उडानस्थल ८० बाइ ८० मिटर तथा जमीन ४० डिग्रीको स्लोप हुनुपर्ने मापदण्ड रहेको बताए  ।

उडानस्थलमा महिला तथा पुरुषको छुट्टाछुट्टै लुगा परिवर्तन कक्ष तथा शौचालयलगायत न्यूनतम पूर्वाधार निर्माण गर्नु आवश्यक रहेको उनको भनाइ थियो । साग खेलअघि नै ती पूर्वाधार निर्माणका लागि पर्याप्त समय रहेको उनले उल्लेख गरे  ।

 
चपाइको चौतारोस्थित खरबारी सार्वजनिक जमीन भएकाले  त्यसलाई उपयोग गर्न सकिने वडा नं १८ का वडाध्यक्ष रणबहादुर थापाले बताए  । प्याराग्लाइडिङका लागि पर्याप्त जमीन रहेको र विद्युत्को हाइटेन्सन हटाउन सकिएको खण्डमा अन्यत्रभन्दा उपयुक्त रहेको भनाइ उनको थियो ।

सागमा प्याराग्लाइडिङमा आठ स्वर्णका लागि प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा एकल क्रस कन्ट्री महिला र पुरुष, समूह क्रस कन्ट्री महिला र पुरुष तथा एकल एक्कुरेसी महिला र पुरुष एवं समूह एक्कुरेसी महिला र पुरुष गरी आठ विधामा प्रतिष्पर्धा हुने हवाई खेलकूद संस्थाका अध्यक्ष योगेश भट्टराईले बताए  ।

नेपालले सागको तयारीका लागि गत वैशाख २६ देखि २० पुरुष र छ महिलालाई बन्द प्रशिक्षणमा राखेको र तिनीहरुमध्ये पाँच पुरुष र तीन महिला गरी आठ जनालाई छनोट गरिने भट्टराईले जानकारी दिए  । 
–––