🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘शमी’ साहित्यिक पत्रिकाको पहिलो अङ्क पाँच हजार प्रति !

काठमाडौँ, २५ साउन (रासस) : साहित्यिक पत्रिकाको वितरण चुनौतीपूर्ण देखिएका बेला नवप्रकाशित ‘शमी’ साहित्यिक मासिक पत्रिका पहिलो अङ्क नै पाँच हजार १०० प्रतिसहित बजारमा आएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विमोचित सो पत्रिका ‘शमी साहित्य प्रतिष्ठान’ले बजारमा ल्याएको हो । सातै प्रदेशमा बजार प्रवर्ध्दक  राखेर विज्ञापन सङ्कलन र बजार प्रवर्ध्दन  तथा विशिष्ट एवम विविध रचना समावेशको लक्ष्यसहित पत्रिका प्रकाशन गरिएको प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए  । 

    पहिलो अङ्कमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशीको व्यक्तित्व र कृतित्वबारे समालोचना तथा अन्य विधाका रचना समावेश छन् । नेपाली पत्रकारिताको थालनी साहित्यिक पत्रिकाबाटै भएको हो । पत्रिकाको प्रधानसम्पादक प्रदीप नेपाल र कार्यकारी सम्पादक लव गाउँले रहेका छन्  ।
–––