🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमाले तराई/ मधेश विरोधी पार्टी होइन : अध्यक्ष ओली

विराटनगर,४ मंसिर : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तराई/मधेश विरोधि पार्टी नभएको स्पष्ट पारेका छन्  ।विराटनगर महानगरापलिका–१० मा  मङ्सिर ४ गते  आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू प्रम भएको सयममा मधेशको विकासका लागि गरीब जनताको आवासका लागि २० हजार घर निर्माण, हुलाकी राजमार्ग, चक्रपथ निर्माण र आधुनिक कृषि उत्पादनमा वृद्धिलगायतका कार्यक्रममा बजेट विनियो गरिएको जानकारी दिए ।

उनले केही राजनीतिक दलका कारणले मधेशमा शिक्षा, स्वास्थ्य क्षेत्रमा पिछडिएको चर्चा गर्दै दाइजो र बोक्सी कुप्रथा अन्त्य गर्न मधेशवादी दललाई कुनै चिन्ता नभएको आरोप समेत लगाए ।

अध्यक्ष ओलीले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज मोरङको गाठगाउँमा सञ्चालनमा आउने, काँकरण्भिट्टादेखि सुनसरीको कोशी पुलसम्मको छ लेनको सडक विस्तार, जोगबनी– कटहरी रेलमार्गको निर्माण , विराटनगरको विमानस्थलको विस्तार र विराटनगरको चक्रपथ कालोपत्रे हुने जानकारी दिए ।

सो अवसरमा ओलीले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेलाई स्वागत समेत गरेका थिए।  नेकपा माओवादी (केन्द्र) मोरङका अध्यक्ष गोपी अछामीको सभापतित्वमा सम्पन्न भएको सो सभामा मोरङ क्षेत्र नं ४ का नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिसभा उम्मेदवार अमनलाल मोदी र क्षेत्र नं ४ प्रदेश (२) का नेकपा एमालेका उम्मेदवार जीवन घिमिरेले अव बन्ने वाम गठबगन्धन सरकारले विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउने आश्वासन दिइएको थियो । रासस