काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जालविस्तार गर्ने क्रममा २०७६/०६/०६ देखि चितवन जिल्लाको इच्छा कामना गाउँपालिकाको कुरिनटारमा आफ्नो १९६ औं शाखा कार्यालयको रुपमा कुरिनटार शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको कुरिनटार शाखा कार्यालयको समुद्घाटन इच्छा कामना गाउँँपालिकाका अध्यक्ष श्रीमती गीताकुमारी गुरुङ्गबाट विहान ०९ः ४५ बजे एक समारोहका बिच भएको हो ।
बैंकको कुरिनटार शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष श्रीमती गीताकुमारी गुरुङ्गले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवाविस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि मात्र भएको नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको भन्दै प्रभु बैंकको सफलताको कामना गर्दै आफ्नो मन्तव्य राखेकी थिइन् । बैंकको कुरिनटार शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको बैंकले बताएको छ।
बैंकको कुरिनटार शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीयबासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा कुरिनटार शाखाकार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले गत आ.ब. मा रु. २,८६७,६९३,०००( संचालन मुनाफा गरेको थियो । बैंकले हाल १९६ शाखा, ३४ एक्टेन्सन काउण्टर, १९ शाखा रहित बैंकिङ्ग सेवा तथा १५२ एटिएम(ATM)मार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।



